मंगोलियाको कुल भूभागको ९० प्रतिशत हिउँले ढाँकियो, बाढीको चेतावनी जारी

एजेन्सी । मंगोलियाको राजधानीको आपतकालीन आयोगले बिहीवार वसन्त बाढीको चेतावनी जारी गरेको छ । अचानक तातो तापक्रम आउँदा हिउँ र बरफ चाँडै पग्लन सक्ने र त्यसले बाढी ल्याउने आँकलनसहित चेतावनी जारी गरिएको हो । उलान बातोरमा कम्तिमा ३० स्थानहरूमा बाढी आउनेसक्ने आँकलन गरिएको छ ।

मङ्गोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले बाढीबाट प्रभावित हुनसक्ने बासिन्दाहरूलाई बाहिर निकाल्न आदेश दिनुभएको छ । उलान बातोर एशियाली देशको ३.५ मिलियन जनसंख्याको आधाको घर हो । यस हिउँदमा मङ्गोलियामा सामान्य भन्दा धेरै हिउँ परेको छ । देशको कुल भूभागको करिव ९० प्रतिशत भूभाग अहिलेसम्म १०० सेन्टीमिटर बाक्लो हिउँले ढाकिएको छ ।