महिला र किशोरीहरूका लागि समान अधिकार हुनुपर्छ : संयुक्त राष्ट्र प्रमुख

Antonio Guterres, UN High Commissioner for Refugees UNHCR at a Press Conference after 66th session of Excom. 9 October 2015. UN Photo / Jean-Marc Ferré

एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला र किशोरीहरुका लागि समान अधिकार आवश्यक रहेको बताएका छन् ।

एक भिडियो सन्देशमार्फत उनले महिला र किशोरीहरुका अधिकार पनि पुरुषसरह समान हुनुपर्ने बताएका हुन् । हरेक वर्ष मार्च ८ मा महिला दिवस मनाइन्छ । उनले समानताको लडाइमा महिलाहरुले गरेका आन्दोलनहरु प्रशंसायोग्य रहेको बताए । प्रगतिलाई अझ न्यायपूर्ण र समानतातर्फ अघि बढाउन आवश्यक रहेको बताउँदै उनले विश्वमा अझै पनि पुरुषप्रधान संस्कृति हाबी भएकोले यसलाई समानतातिर लैजानुपर्नेमा जाेड दिए ।

उनले महासंघ महिलाका हक र अधिकारको सुनिश्तिताका लागि साथमा रहेको पनि बताए । व्यापार, वित्त, केन्द्रिय बैंक र अर्थ मन्त्रालयमा पनि महिला नेतृत्वको संख्या बढाउन आवश्यक रहेको उनकाे भनाइ छ । महिला र किशोरीहरूको आवश्यकतालाई सम्बोधन गर्ने नीति र कार्यक्रमहरूमा लगानी बढाउन समेत उनले आग्रह गरे ।