भारतद्वारा १ करोड घरधुरीका लागि रुफटप सोलार योजना स्वीकृत

एजेन्सी । भारत सरकारले देशभरका १ करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजनालाई अनुमोदन गरेको छ । जसबाट उनीहरूले प्रतिमहिना ३ सय युनिटसम्म निःशुल्क बिजुली प्राप्त गर्न सक्नेछन् ।

यस योजनामार्फत घरपरिवारले बिजुलीको बिल वचत गर्न र डिस्कम (वितरण कम्पनीहरू) लाई अतिरिक्त बिजुली बिक्री गरेर थप आम्दानी गर्न सक्षम हुनेछन् । प्रश्तावित योजनाले आवासीय क्षेत्रमा रूफटप सोलारमार्फत ३० जिडब्ल्यु सोलार क्षमता थप्नेछ । एक हजार बियुएस बिजुली उत्पादन गर्नेछ ।

रूफटप प्रणालीको २५–वर्षको जीवनकालमा ७२० मिलियन टन सिओ २ बराबरको उत्सर्जनमा कमी ल्याउनेछ । सरकारकाअनुसार यो योजनाले उत्पादन, रसद, आपूर्ति श्रृंखला, बिक्री, स्थापना, ओ एण्ड एम (अपरेसन र मर्मतसम्भार) र अन्य सेवाहरूमा करिव १७ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । योजना अन्तर्गत आवासीय रूफटप सौर्य स्थापनाका लागि केन्द्रिय वित्तीय सहायता (सिएफए) प्रदान गरिनेछ ।

आधिकारिक विज्ञप्तिअनुसार २ किलोवाट प्रणालीका लागि प्रणाली लागतको ६० प्रतिशत र २ किलोवाटदेखि ३ किलोवाट क्षमताको प्रणालीका लागि ४० प्रतिशत अतिरिक्त लागत सहायता दिइनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ मा घोषणा गरेको यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले हो ।