मानसिक रोगले समाज नै त्रसित, दैनिक १९ जनाले गर्छन् आ’त्महत्या

  • त्रिगुणा भट्टराई बस्नेत

काठमाडौं । पछिल्लो समय हत्या, आत्महत्या जस्ता जघन्य अपराधको संख्या बढेको देखिन्छ । यसरी हत्या, आत्महत्या बढ्नुको पछाडी मानसिक बिचलन पनि एक तत्वका रुपमा लिन सकिने विज्ञहरु बताउँछन् । सामाजिक, आर्थिक तथा पारिवारिक लगायतका असन्तुष्टिका कारण मानसिक बिचलन बढ्दै यसको न्यूनिकरणका लागि के गर्न सकिन्छ त ? के भइरहेका छन् प्रयासहरु ?

पछिल्लो समय हत्या तथा अत्महत्या जस्ता अपराधिक क्रियाकलाप बढ्दो क्रममा छ । पछिल्ला केहि उदाहरणका रुपमा नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासकोे हत्या घटनालाई लिन सकिन्छ । यही चैत २ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिइन् । त्यसको तीन दिन पछि प्रेममा धोका पाएको भन्दै पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेको अनुसन्धानका क्रममा भेटियो ।

त्यस्तै अर्को घटना गोकर्णेश्वर नगरपालिका ३ की १८ वर्षीया सुष्मा लामाको शव गत फागुन २४ गते तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा गाडिएको अवस्थामा भेटियो । अनुसन्धानका क्रममा तारेभिरका २१ वर्षीय रुपेन्द्र लामाले सुष्मासमक्ष पटक–पटक प्रेम प्रस्ताव राखेको तर सुष्माले इन्कार गरेको भन्दै लामाले हत्या गरी जंगलमा लगेर गाडे । पछिल्लो समय हाम्रो समाजमा यी र यस्तै प्रकृतिका घटना बढ्दो क्रममा छ ।

हत्या/आत्महत्याका घटनाको ग्राफ

– नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो साढे तीन वर्षमा दुई हजार एक सय ४१ जनाको हत्या
– नेपालमा दैनिक आत्महत्याको संख्या औसतमा १९ जना
– पछिल्लो पाँच वर्षमा ३० हजारले गरे आत्महत्या

मनोचिकित्सकहरुका अनुसार हत्या नकारात्मक मनोभावनाको विकृत स्वरुप हो ।

पछिल्लो समय अपराधिक हुनुका विभिन्न कारण देखिन्छन् । प्रेममा धोका, पारिवारिक कलह, अनौतिक सम्बन्ध, आपराधिक मानसिकता जस्ता कारणले अपराधिक कृयाकलाप बढेको देखिन्छ । त्यस्तै, प्रविधिमा आएको विकासले पनि यस्ता गतिविधिलाई थप बढाउन मदत गरेको देखिन्छ । तर यस्ता अपराधिक घटना घट्नुको विविध कारण देखिए पनि घटना घट्नु वा घटाउनुको प्रमुख कारण मानिसको मनोभावना जोडिएको यसका जानकारहरुको बुझाई छ ।

कुनै पनि व्यक्तिले आफ्नो भवानालाई व्यवस्थापन गर्न नखोज्नु वा नसक्नुको अवस्थाले अपराध बढाउन मदत गरेको देखिन्छ । जसका लागि अपारधिक मानसिकता भएका व्यक्ति लाई अपराध गर्नबाट रोक्न कडा कानुनको आवश्यता छ । साथै अर्को तर्फ आत्महत्यालाई रोक्न मनोरोगका विषयमा खुलेर कुराकानी गर्न विद्यालय स्तरबाटै यस्ता विषयमा पठनपाठन हुन आवश्यक भएको विज्ञहरु औलाउँछन् ।