शुसासनमा पनि अब्बल बालेन, प्रचण्डले पनि सिक्नुपर्ने ! (भिडियो)

  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नागरिक सेवा, नगरको विकास र व्यवस्थापनलाई सँगसँगै लगिरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई पहिलो प्राधमिकता दिँदै अघि बढेको देखिन्छ ।

मेयरमा निर्वाचित भएको २ वर्ष पुग्नै लाग्दा बालेनले प्रशासनिक क्षेत्रमा पनि सकारात्मक परिवर्तनहरु ग्रिरहेको आभाष दिलाइरहेका छन् । यसका अलावा उनले ट्राफिक व्यवस्थापनलाई पनि सहज तुल्याउने प्रयास गरिरहेको पाइन्छ ।

एकसाता अघि उनले न्यूरोडको सडकमा पार्किङ निषेध गर्ने निर्णय गरे । न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सो क्षेत्र सफा र शान्त पनि भएको छ । शहरी सुन्दरता र व्यववस्थापनलाई मध्यनजर गर्दै बालेनले महानगरको धेरै ठाउँमा ट्राफिक व्यवस्थापनका लागि पहल गरिरहेका छन् ।

सुरुमा बालेनको निर्णयकाविरुद्ध न्यूरोडकै व्यपारी तथा राजनीतिक दलहरुले विरोध पनि गरे । तर अहिले सो आन्दोलन मत्थर भएको छ । निर्णय लगत्तै बिरोध गरिएतापनि २ दिनपछि भने न्यूरोड शान्त बन्यो ।

बालेनको निर्णय कार्यान्वयनमा आएसँगै अहिले न्यूरोड स्वच्छ र शान्त बनेको छ । मेयर बालेनले न्यूरोड तथा सो क्षेत्र जाने सवारी साधनहरुका लागि काठमाडौँ भ्यू टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराए । त्यस लगत्तै धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा पनि निशुल्क सवारी पार्किङ सेवा उपलब्ध भएको छ । धराराको पहिलो तल्लामा आइतबारदेखि नै दुईपाङग्रे सावारीसाधनहरु पार्किङ गर्न सकिने भएको छ । यसले बालेनको योजनामा थप सहजता प्रदान गरेको छ ।

ट्रफिक व्यवस्थापन र अव्यवस्थित पार्किङहरु हटाउन मेयर बालेन भरपुरका साथ लागि परिरहेको काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन् । भण्डै एकवर्ष अघिदेखि महानगरले यो अभियान चलाइरहेको उनको भनाइ छ । सो अभियान अहिले न्यूरोड पुगेको र पार्किङ व्यवस्थापनको लागि भइरहेको प्रयासले धेरै हदसम्म सफलतासमेत प्राप्त गरिरहेको प्रमुख पाण्डे बताउँछन् ।

यसअघि साँघुरा बोटो र त्यहीमाथि हुने अव्यवस्थित पार्किङको कारण आम सर्वसाधारण मर्कामा पर्ने गरेका थिए । जसका कारण शहरी सौन्दर्यता र ट्रफिक व्यवस्थापनमा समेत प्रभाव पर्ने गरेको थियो । तर प्रमुख बालेनको यो कदमसँगै यतिबेला न्यूरोडका क्षेत्रहरुसमेत खाली भएका छन् ।

जसले शहरी सौन्दर्यता बढाउनुका साथै आवागमनमा पनि सहजता थपिएको छ ।
शिक्षा प्रमुखलाई निलम्बन
भौतिक पूर्वाधार र व्यवस्थापनमा उच्चस्तरका कार्यहरु गरिरहेका बालेनले प्रशासनिक क्षेत्रमासमेत सुधारका कामहरु गरिरहेका छन् । उनले मनोमानी निर्णय गर्ने महानगरका कर्मचारीहरुलाई दण्डीत गर्दै आइरहेका छन् ।

बालेनले गत शुक्रबार मात्रै शिक्षा महाशाखाका प्रमुख सीताराम कोइरालालाई स्पष्टिकरण मागे । र, उनलाई ७ दिन कार्यालय नआउन निर्देशन दिएका छन् ।

कोइरालाले मेयर बालेनलाई नै छक्याएर पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न अनुमति दिएको पाइएको थियो । महानगरको शिक्षा समितिले नै गत चैतमा निर्णय गरेको भन्दै कोइरालाले विद्यालयलाई पत्राचार गरेको पाइएको थियो । बालेनलाई नै बाइपास गर्दै नगरेको निर्णय आफूखुसी पत्राचार गरेको पाइएपछि बालेन एक्सनमा आएका हुन ।

मेयर बालेनले कोइरालालार्ई ७ दिन भित्र सफाइ पेश गर्न निर्देशन पनि दिएका छन् । सो दिनसम्म उनले कोइरालालाई निलम्बनसमेत गरेका हुन् । केही दिन अघि निवर्तमान प्रशासकीय अधिकृत वसन्त अधिकारीले पनि कर्मचारी नियुक्तिमा मनोमानी गरेपछि कार्यालयमै ताला लगाएर प्रवेश रोक लगाए ।

त्यसपछि अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रदीप परियार आएका छन् । उनले बुधबार देखि नै जिम्मेवारी सम्हालिसकेका छन् । यसरी हेर्दा बालेनले महानगरका सर्वपक्षीय विकास र सन्तुलन कायम गरिरहेका छन् ।

भौतिक पूर्वाधार, प्रशासनिक तथा स्वास्थ्य क्षेत्रदेखि ट्रफिक व्यवस्थपनसम्म चामत्कारिक काम गरिरहेको पाइन्छ । यसअघिका महानगर नेतृत्वकर्ताहरुको तुलनामा बालेनको यो कार्य र कदमलाई आम नागरिकहरुलेसमेत रुचाइरहेका छन् ।

मुलुकभरका स्थानीय तह प्रमुख तथा केन्द्रीय सरकारले पनि मेयरबालेनकै कार्यशैली र कार्याचरण अनुसरण गर्नसके देशले छिट्टै फड्को मार्न सक्थ्योकी ? कानून निर्माता र मुलुकका मूल नेतृत्वहरुले पनि यसतर्फ चाँडै ध्यान दिउँन् ।

(भिडियो)