गजल : म सम्झेर बस्छु…

  • नारायण नेपाल

आसमानी साया म सम्झेर बस्छु,
हेर, दायाँ-बायाँ म सम्झेर बस्छु !

ओठ, गाला, हाँसो, त बान्की र बोली,
निष्ठुरीको काया म सम्झेर बस्छु !

प्रेयषीको तातो परम् जान्छ सातो,
आँत पारी छायाँ म सम्झेर बस्छु !

गैगई जाने ऊ गरोस् जे, परन्तु,
पुक्कुलीको माया म सम्झेर बस्छु !

बेश हुन्थ्यो आए तिमी यो घडीमा,
एक साथी पायाँ, म सम्झेर बस्छु !

———
बह्र-ए-खफीफ (२१२२ २२१२ २२१२)
फ़ाइलातुन—मुसतफ़अ’लुन–फ़ाइलातुन
मख्बूनलगायतमा फरक पर्नसक्ने