कुरान वाचन प्रतियोगिता सुरु

काठमाडौँ । मुस्लिम आयोगको आयोजना तथा नेपालस्थित साउदी अरेबियन राजदूतावासको सहयोग एवं समन्वयमा काठमाडौँमा आजदेखि कुरान वाचन प्रतियोगिता सुरु भएको छ ।

यसअघि अनलाइनबाट छनोट भएका प्रतिस्पर्धी नै अहिले प्रत्यक्षरूपमा भएको प्रतिस्पर्धामा सहभागी भएका छन् ।

विभिन्न च्याप्टर कण्ठ भएका आधारमा समूह ९ब्राञ्च० निर्धारण गरी प्रतिस्पर्धा भइरहेको र उक्त प्रतिस्पर्धामा ४ ब्राञ्चको सहभागिता रहेको आयोगका प्रवक्ता मिर्जा अरशद बेगले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुरानका ३० च्याप्टरमध्ये तोकिएको च्याप्टर कण्ठ गरेका आधारमा ब्राञ्च ९समूह० निर्धारण गरिन्छ ।

आज चौथो ब्राञ्चअन्तर्गत सात वर्षदेखि १२ वर्षका पुरुष र सातदेखि १५ वर्ष उमेर समूहका महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

अनलाइन प्रतिस्पर्धाबाट पहिलो समूह ९ब्राञ्च०मा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १५ देखि ३५ वर्षसम्मका, दोस्रो समूहमा १२ देखि २० वर्ष, तेस्रो समूहमा १० देखि १५ वर्षसम्मका सहभागी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

चौथोबाहेक सबै ब्राञ्चमा ५०–५० जनाको सहभागिता छ । भोलि पहिलो, दोस्रो र तेस्रो ब्राञ्चका प्रतियोगीबीच कुरान वाचन प्रतिस्पर्धा हुने प्रवक्ता मिर्जा अरशद बेगले जानकारी दिनुभयो ।

आज उक्त प्रतियोगिता शुभारम्भका क्रममा आयोगका अध्यक्ष समिममियाँ अन्सारीले यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको र सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । यसरी बृहत् रूपमा भने पहिलोपटक नेपालमा उक्त प्रतियोगिता गराइएको बताइएको छ ।