युक्रेनमा रूसलाई हराउन असम्भव : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताउनुभएको छ ।

सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो ।

यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट काल्र्सनले केही कुटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिनुभएको थियो । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।

अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरेपनि रूस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म युद्धभूमिमा रूसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ ।”

ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रूसविरूद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “युद्धको विषयमा हामी अमेरिकी नेतृत्वलाई के भनिरहेका छौं भने यदि वास्तवमै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ ।”

नाटो सदस्य राष्ट्र पोल्याण्ड र लाटभिया वा सामान्यतया युरोपेली महाद्वीपमा आक्रमण गने बारे मस्कोले विचार गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले भन्नुभयो, “यो प्रश्नको विषय होइन ।” “पोल्याण्ड, लाटभिया वा अन्य कुनै पनि ठाउँमा हाम्रो कुनै चासो छैन । हामी किन त्यसो गर्छौंरु यो त्रासमात्र हो,” पुटिनले भन्नुभयो ।

उहाँलेपोल्याण्डसँग युद्ध ‘केवल पोल्याण्डले रूसमाथि आक्रमण ग¥यो भनेमात्र हुनेछ ।”