शान्तिका लागि एकजुट हुन संयुक्त राष्ट्रसङ्घको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

एकीकरण लामो र विस्तृत एजेन्डा भएको बताउदै उहाँले विभिन्न चुनौतीहरू साझा सूत्रद्वारा जोडिएको, आयामहरूमा शान्तिको आवश्यकता भएकोले शान्ति एकिकरणको बन्धन भएको बताउनुभएको छ । युगौं पुरानो आणविक खतरा, जलवायु आपतकाल, र कृत्रिम बौद्धिकताको अनियन्त्रित चुनौतीहरूको बिचमा एकताबद्ध र सङ्गठित प्रतिक्रियाको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

कृतिम बौद्धिकताबाट उत्पन्न खतरालाई सम्बोधन गर्न, जलवायु परिवर्तन नियन्त्रण गर्न तथा दिगो विकास लक्ष्यहरू प्राप्त गर्न, अगाडि बढ्ने बाटो चुनौतीपूर्ण भए पनि स्पष्ट रहेको उहाँको धारणा थियो । डरलाग्दा चुनौतिका बिचमा जटिल बाटो छिचोल्दै शान्ति र एकताको आह्वान संयुक्त राष्ट्रसङ्घ भित्र तथा बाहिर गहन आवश्यकता रहेको उहाँले बताउनुभयो । —