श्रीलङ्कामा जनवरीमा विप्रेषण ११.४ प्रतिशतले वृद्धि

श्रीलङ्कामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११।४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण आएको छ सन् २०२३ को जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिटेन्स आएको बताएका छन् ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ मा पाँच अर्ब ९६ करोड अमेरिकी डलर विप्रेषण भित्रिएको थियो ।

यसैबीच सन् २०२३ को जनवरीको तुलनामा सन् २०२४ को जनवरीमा पर्यटनबाट हुने आम्दानी १२२।७ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

पर्यटन र कामदारबाट प्राप्त हुने विप्रेषण श्रीलङ्काको सबैभन्दा बढी वैदेशिक आय आर्जन गर्ने स्रोतमध्ये प्रमुख स्रोत हो ।