आर्थिक संकट टार्न इजिप्टले आफ्नो दोस्रो शहर पनि बिक्रीमा राख्यो !

  • अनुला महर्जन जोशी

काठमााडाैँ । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको इजिप्टले आफ्नो एक सहर बेच्ने तयारी गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स युएईलाई सहर बेचेको मुस्लिम राष्ट्र इजिप्टले ऐतिहासिक र सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरेको हो ।

इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि आफ्नै सहर बेच्नुपर्ने सम्मको स्थिति निम्तिएको हो । इजिप्ट पछिल्लो समय गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।

गम्भीर आर्थिक संकटबाट पार पाउन इजिप्टले सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरिरहेको छ । यसअघि संयुक्त अरब इमिरेट्स युएईलाई एक सहर बेचेको इजिप्टले अब टर्कीलाई बेच्ने भएको छ । विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि इजिप्ट यस्तो कदम उठाउन बाध्य भएको बताईएको छ ।

राजधानी कायरोबाट करिब ३ सय ५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र २२ अर्ब डलरमा बेच्न लागेको बताइएको छ । अफ्रिकामा ठूलो बन्दरगाह निर्माण गर्न चाहेको टर्कीले यो सहर खरिद गरेपछि अफ्रिकामा ढुवानी र आपूर्तिको लागि टर्कीको ठूलो बन्दरगाहको खोजी समाप्त हुनेछ । किनभने अलेक्जान्ड्रिया शहर अलेक्जेंडर द ग्रेटद्वारा स्थापित भएको थियो । अलेक्जान्ड्रिया धेरै सभ्यताहरूले ओगटेको ऐतिहासिक र सांस्कृतिक शहर पनि हो ।

ओटोम्यान साम्राज्यको समयमा अलेक्जान्ड्रियामा बसोबास गर्ने टर्किसहरूको ओटोमन साम्राज्यसँग बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध थियो । यस्तो अवस्थामा अलेक्जान्ड्रियासँग टर्किएको पुरानो सम्बन्ध छ । त्यसैले टर्कीले सजिलैसँग यो शहर बिक्री वा भाडामा पाउन सक्छ । यदि टर्कीले अलेक्जान्ड्रिया सहर किनेको खण्डमा इजिप्टसँग टर्कीको सम्बन्ध अझ सुधार हुने विश्लेषकहरूले बताउने गरेका छन् । यसका साथै दुवै देशले धेरै प्रकारका आर्थिक लाभ पनि पाउनेछन् ।

अलेक्जान्ड्रिया शहर भूमध्य सागरको तटमा अवस्थित छ । विश्लेषकहरुका अनुसार अलेक्जान्ड्रिया भाडामा लिएपछि टर्कीले त्यहाँ नयाँ व्यावसायिक र रसद केन्द्रहरू सिर्जना गर्नेछ । यस्तो अवस्थामा टर्की र इजिप्ट दुवैले अफ्रिकामा आफ्नो कब्जा जमाउन बल पाउने छन् । इजिप्टसँग अलेक्जान्ड्रिया शहरको विकास गर्न पर्याप्त रकम नभएका कारण पनि सहरको बिक्रीले टर्कीको सहयोगमा व्यापारिक स्रोतहरू बढ्ने विश्वास लिइएको छ ।