हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाडाैँ । नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ । कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने दिशामा एक प्रमुख कदममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरू उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए ।

३,००० स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्दछ। यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ ।

उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक, श्री आन्द्रे इकहोल्ट, ज्यूले भन्नुभयो, “हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं । नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।