मन्त्रीसँग व्यवसायीका गुनासै गुनासा, होला त सम्बोधन ?

  • सन्दिप शर्मा

काठमाडौँ । राज्यले व्यवसायीको मर्का बुझ्न नसक्दा यातायातसंगै ढुवानी व्यवसायी विस्थापीत हुनु पर्ने अवस्था सिर्जना भएको व्यवसायीको गुनासो छ । शनिबार ढुवानी व्यवसायी महासंघको अधिबेशनमा कानुनमन्त्री संग उनीहरुले भारतीय गाडीको निर्बाध अगमनले आफुहरु संकटमा परको भन्दै समस्या समाधान गर्न माग गरेका छन् ।

कोरोना महामारी र जारी रुस युक्रेन युद्धका कारण इन्धनमा भएको मुल्य बृद्धिबाट प्रत्यक्ष मारमा परेका ट्रान्सपोर्ट र यातायात व्यवसायीले राज्यको नीतिका कारण व्यवसाय नै संकटमा पुगेको गुनासो गरिरहेका छन् । देशको आन्तरिक अर्थतन्त्र चलयमान नहुँदा व्यवसायी धरापमा परेको र राज्यले व्यवासायीको उत्थानका लागि कुनै पनि योजना निर्माण नगर्दा समस्या सिर्जना भएको उनीहरुको दाबी छ । आन्तरिक अर्थतन्त्र चलाएमान नहुदाँ ४० प्रतिशत मात्रै व्यवसाय सञ्चालन भएको र भारतीय नम्बरका सवारीहरु निर्बाध रुपमा नेपाल छिर्दा यातायात व्यवसायी पलाएनको बाटोमा पुगेको गुनासो छ ।

भारतीय मालवाहक सवारीले सडकको भारबहान क्षमताभन्दा अत्याधिक बढी सामान बोक्दा अरबौं खर्च गरेर निर्माण भएका सडक जिर्ण बनेको र नेपाली व्यवसायीमाथि राज्यले सेवामा समेत मूल्य अभिवृद्धि कर लगाएको लगाएतका गुनासासहितको आक्रोश उनीहरुको छ ।

अधिकांश व्यवसायीले व्यवसायमैत्री वातावरण नभएको गुनासो मन्त्रीसामू गरिरहेका छन् । त्यसपछि मन्त्री पदम गिरीले यसको समस्या समाधान गर्न छिट्टै यातायात ऐन सहितका व्यवसायीसंग सम्बन्धित ऐन विभिन्न मन्त्रालयमा विचराधिन रहेको बताए ।

नेपालमा पछिल्लो समय आन्तरिक अर्थतन्त्र चलायमान नहुदाँ विभिन्न व्यवसायमा समस्याग्रस्त बनेको बताइन्छ । यसको मुख्य कारण राज्यले पुँजीगत खर्च गर्न नसक्नु र वित्तिय क्षेत्रको अनुसाशन कायम राख्न नसक्नु नै रहेको विज्ञको दाबी पाइन्छ ।