डिजिटल अपराध बढ्दो क्रममा, बैंकिङ सचेतना बढाउन आवश्यक (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनले गत वर्ष मार्चबाट सुरु गरेको डिजिटल बैङ्किक सचेतना विशेष कार्यक्रमको पहिलो संकरण बुधबार समाप्त भएको छ ।

न्यूज २४ टेलिभिनजले काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गरी डिजिटल बैङ्किकको बारेमा सचेतना जगाउने उदेश्यले ल्याएको विषेश कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैङ्किक क्षेत्रमा अवद्ध विशेषज्ञहरुले डिजिटल साक्षरताको महत्व तथा यसको आवश्यकता विषयमा छलफल समेत गरेका थिए ।

नगदरहित कारोबार अर्थात डिजिटल बैङ्किक प्रविधिको विकासले जन्माएको अहिलेको अवस्था हो । आइपिएस, कनेक्ट आइपिएस, डेविट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ, शाखारहित बंैकिङ, वालेट, फोन पे, पीओएस तथा क्यूआरमा आधारित कारोवार डिजिटल बैङ्किकमा आधारित छ । यी र यस्ता प्रविधिको विकासले जीवनलाई सहज त बनाएको छ । तर यस्ता प्रविधिको प्रयोगबारे राम्रोसंग जानकारी नहुदाँ प्रविधि बारे अनविज्ञ मात्र नभएर ठगीने संभावना पनि बढेको छ ।

डिजिटल ठगी र आर्थिक अपराध बढ्न थालेको विषयलाई मध्यनजर गदै न्युज २४ टेलिभिजनले गत बर्ष मार्च १ तारिखबाट डिजिटल बैङ्किक सचेतना तथा जागरुकता फैलाउन डिजिटल बैङ्किकको पहिलो संस्करण विशेष प्रस्तुती संचालनमा ल्याएको थियो । जसअन्र्तगत टेलिभिजनले डिजिटल बैङ्किकको विषयमा आधारित सूचनामुलक तथा जानकारीमुलक समाग्री प्रशारण गरेको थियो ।

जस अन्तगत पहिलो संस्करण बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डिजिटल बैङ्किक सचेतना विशेष पहिलो संस्करण सफलतापूर्वक समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्र बैङका डेपुटी गभर्नर बम बहादुर मिश्र रहेका थिए । उनले न्यूज २४ टेलिभिजनले प्रस्तुत गरेको डिजिटल बैङ्किक विशेष कार्यक्रमले डिजिटल बैङ्किक विषयमा जनचेतना फैलाउन मदत गरेको विश्वास व्यतm गरे ।

साथै उनले डिजिटल बैङ्किक मात्र नभएर डिजिटल वित्तिय सचेतना अहिलेको आवश्यक भएको समेत औलाए ।

यस कार्यक्रममा बैङ्किक क्षेत्रका विशेषज्ञ व्यतिmहरुले डिजिटल बैङ्किकको महत्व तथा यसको विस्तारका विषयमा छलफल समेत गरेका थिए । छलफलमा बैंङकर अनिल केशरी शाह, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, सीआइबीका प्रहरी उपरिक्षक पशुपति राय, फिनटेक अलायन्स नेपालका अध्यक्ष सञ्जिब सुब्बा, नेपाल क्लियरिङ हाउस लिमिटेडका चिफ अपरेटिङ अफिसर मुन्नी राजभण्डारी नेपाल बैंकर्स एसोसिसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा रहेका थिए ।

उनीहरुले नेपालमा पछिल्लो समय डिजिटल बैङ्किकले जीवन शैलीलाई सहज बनाएको बताए । साथै शहरी क्षेत्रमा यस विषयमा साक्षरता केहि बढेको देखिए पनि ग्रामीण क्षेत्रमा यस विषयमा जनचेतना आवश्यक भएको औंल्याए ।

यसैगरी पछिल्लो समय बढ्दो डिजिटल अपराधलाई रोक्न के कस्ता कार्ययोजना आवश्यक छ ? साथै डिजिटल वित्तियमा देखिएका क्रृटीलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुले सुझाव समेत प्रस्तुत गरेका थिए ।

डिजिटल बैंकिङको विकास र यसको बढ्दो प्रयोगले एकातर्फ जनजीवन सहज त बनाएको छ नै अर्को प्रविधिबारे जानकारी पर्याप्त नहुदाँ डिडिटल अपराधका घटना उतिकै बढाएका छन् ।

त्यसैले डिजिटल बैङ्किक, डिजिटल वित्तिय लगायतको विकास र विस्तारसंगै यस विषयमा आम नागरिकलाई जनचेतना अभिवृद्धिको खाँचो भएको विज्ञहरुले औंल्याएका छन् ।