कार किन्दा सुनको हार, स्कुटर किन्दा हिराको औँठी

काठमाडौँ । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ ।

ज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा.लि.ले भ्यालेन्टाइन स्किम लागु गरेको छ, जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औँठी उपहार पाउनेछन् । यो स्किम निश्चित समयको लागि लागु गरिएको कम्पनीले जनाएको छ ।

वुलिंग गाडी २०० किमि र ३०० किमिमा उपलब्ध छ भने कार किन्नको लागि नक्साल, भैँसेपाटी शोरुममा जान सकिनेछ । गाडीमा ८ बर्षको वारेन्टी पाउन सकिन्छ भने फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ । स्कुटर किन्न नेपालभरिका मुख्य मुख्य सहरमा उपलब्ध छन् ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ, जसमा कलेजका विद्यार्थीदेखि अफिसका हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध छ । लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजारदेखि सुरु छ, स्कुटर मा २ वर्षको वारेन्टीका साथै फाइनान्स र एक्सचेन्जको पनि सुविधा छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा … मा कल गर्न सकिने जनाइएको छ ।