‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ गीति वृत्तचित्र सार्वजनिक (भिडियो)

ताप्लेजुङ। जिल्लाको प्राकृतिक तथा जातिय विविधतालाई समेटिनेगरी निर्माण गरिएको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक भएको छ ।

फुङ्लिङस्थित भानुजन माविको ७५औं वार्षिकोत्सवको अवसर पारेर सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द ताप्लेजुङका सहायक प्रजिअ गीतकार टंक भट्टराईको रहेको छ । त्यस्तै संगित शंकर थापा (स्माइल)को रहेको छ । त्यस्तै स्वर भने मिलन नेवार र वीरेन्द्र श्रेष्ठले दिएका छन् ।

भिडियोमा जिल्लाको उच्च हिमाली क्षेत्र कञ्चनजंघा, कुम्भकर्ण, सिन्जेमा ताल, ओलाङचुङगोला, दिक्की छ्योलिङ गुम्बा, तिम्बुङ पोखरी, फुङफङे झरना, तिनजुरे मिल्के लगायत जिल्लाका सबै पालिकाहरूलाई समेत यो भिडियोमा समेटिएको छ ।

साथै विभिन्न जातीय सांस्कृतिक र मौलिक नृत्यहरुलाई समेत यो भिडियोमा समेटिएको छ ।

(भिडियो)