चौथो ललितपुर महानगर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

ललितपुर । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुरको आयोजनामा मंगलबजारमा चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ। यहि फागुन ६ र ७ गते ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य सहित विशिष्ट व्यक्तीहरुको उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको हो ।

तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि ६ विधा तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । ६ वटा विधाका विजेता मध्यबाट गोलाप्रथा मार्फत ५५–६० केजी तौल पुरुष समुहका विजेता खेलाडी सरोज तामाङले नगद राशी रु ५० हजार प्राप्त गरे ।

यस्तो छ विभिन्न तौल समुहमा विजेता हुने खेलाडीहरुको सूचीः

३५–४० के.जी. महिला

प्रथमः साहारा वाइबा (बालकुमारी डोजो)

दोस्रोः अस्मिता श्रेष्ठ, (बालकुमारी डोजो)

तेस्रोः प्रनिसा भुलुन (मकवानपुर डोजो)

४५–५० के.जी महिला

प्रथमः रेशमा थापा (मकवानपुर डोजो)

दोस्रोः सोनिया राई (कीर्तिपुर डोजो)

तेस्रोः रस्मि श्रेष्ठ (मकवानपुर डोजो)

५०–५५ केजी महिला

प्रथमः अनिसा तामाङ (एपीएफ)

दोस्रोः चन्दा कुमारी भुजेल (एपीएफ)

तेस्रोः लक्ष्मी थिङ (मकवानपुर डोजो)

४०–४५० केजी पुरुष

प्रथमः सुनिल तामाङ

तेस्रोः सबिन गुरुङ (बज्रबाराही डोजो)

५०–५५ केजी पुरुष

दोस्रोः रिदम थापा (मकवानपुर डोजो)

प्रथमः बुद्ध मगर (स्टङ्गेष्ट डोजो)

दोस्रोः निरोज नगरकोटी (एपीएफ)

तेस्रोस प्रभात स्याङ्तान (एपीएफ)

५५–६० केजी पुरुष

प्रथमः सरोज तामाङ (बालकुमारी डोजो)

दोस्रोः सन्जेस भुलोन (कीर्तिपुर डोजो)

तेस्रोः संजय के गुप्ता (स्टङ्गेष्ट डोजो)

सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि राखिएको थियो ।