बाग्मती प्रदेशस्तरीय रीत बहादुर खड्का स्मृति भलिबल भोलिदेखि

  • सुशीला कार्की

दोलखा । बाग्मती प्रदेश स्तरीय रीत बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता दोलखामा भोलिदेखि सुरू हुने भएको छ ।

युवा संजाल दोलखाको आयोजनामा हुन गैरहेको भलिबल प्रतियोगिता तत्कालीन जनयुद्धमा सहिद भएका सहिद रित बहादुर खड्काको सम्झनामा खेलाउन लागिएको हो।

सर्वाधिक राशीको यस प्रतियोगिता बागमती प्रदेशका १३ वटा नै जिल्लाका खेलाडीहरुले भाग लिने सक्ने छन् । प्रथम पुरस्कार २ लाख ५१ हजार, द्वितीय पुरस्कार १ लाख ५१ हजार र तृतीय पुरस्कार ५१ हजार तथा सान्त्वना पुरस्कार २१ हजारसहित ट्रफीको साथमा मेडल पनि रहेको युवा संजाल दोलखाका अध्यक्ष पुस्कर अधिकारी ले जानकारी दिए । उनका अनुसार यो खेल खेलका लागि मात्रै नभै खेलाडीहरुको प्रोत्साहनको साथसाथै दोलखा जिल्लाकाे पर्यटन विकासमा समेत टेवा आशा लिइएको छ ।

प्रतियोगिता फाल्गुन २१ गतेदेखि २५ गते सम्म चल्ने छ, खेलको उद्घाटन खेलखुद परिषद सदष्य सचिव टंकलाल घिसिङले गर्ने जनाइएकाे छ । सदरमुकाम चरिकोटस्थित टुडिखेल रंगशालामा हुने खेलमा हालसम्म बागमती प्रदेशभरि बाट १५ स्थानका भलिबल टिमले नाम दर्ता गराएको आयोजकले बताएको छ।