डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएकोछ।

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गर्ने डिसहोमका प्रतिनिधिले जनाएका छन् ।

फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपाल भरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्।

रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने वाचा समेत गरिएको छ ।

एक्शन स्पोर्ट्सएचडि मायो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरूमध्ये एकको विद्युतीय वातावरणमा आफू रम्नसक्नेछन्।