कांग्रेस कब्जाको रणनीति गगनको अर्जुन दृष्टि (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा महामन्त्री गगन कुमार थापाले आगामी महाधिवेशनको मितिबारे प्रस्ताव पेश गरेका छन् ।

गगनको प्रस्तावमा २०८२ साल मंसिर मा १५औं महाधिवेशन गरिसक्नु पर्ने उल्लेख छ । यस्तो अवस्थामा कांग्रेसको नेतृत्व अब कसको हातमा जाला ? अबको सभापतिमा कुन नेताको सम्भावना कति देखिन्छ ?

काग्रेस महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको मिति २०८२ मंसिर भनि प्रस्ताव गरेसँगै कांग्रेसको नेतृत्व अब कसको हातमा ? यो चर्चा स्वभाविक हो ।

हालसम्म नेपाली कांग्रेसको विधानको धारा ५७ अनुसार सभापति शेरबहादुर देउवा फेरि पार्टी सभापतिमा उम्मेदवार बन्न पाउने देखिदैन ।

साथै देउवा आफैले पनि पुनः आफु सभापतिमा नदोहोरिने घोषणा गरिसकेका छन् । देउवा पुनः सभापति बन्ने मुडामा नभएकाले पनि पछिल्ला दिनमा कांग्रेस नेतृत्वका लागि रस्साकस्सी जारी छ ।

देउवाले आफ्नो उत्तराधिकारी कसलाई बनाउलान् ? गगनले गरिरहेको नेतृत्वको कसरतले सुखद् नतिजा देला ? वा राजनीतिमा असम्भव केही हुँदैन भने झै अबको सभापतिका लागि सम्भावना बोकेका को–को नेताहरुको कस्तो छ अवस्था ? यो चासोको साथ हेरिएको छ ।

कांग्रेस नेतृत्वमा गगनको चर्चा

– महामन्त्री गगन कुमार थापा यस्ता पात्र हुन्, जो कांग्रेसको नेतृत्व प्राप्त गर्ने लक्ष्यलाई अर्जुन दृष्टि बनाइरहेका छन् ।
– वर्तमान सभापति देउवाको विकल्प अहिले नै खोज्नु पर्छ भन्दै आह्वान गर्दै हिडेका गगनले सभापतिको कसरत अहिलेदेखि नै गरेको प्रष्ट छ ।

शेखर–गगन समूहमा शेखरको पल्ला कति भारी ?

– कांग्रेस नेता शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका व्यक्ति हुन् ।

– यस हिसाबले पनि १५ महाधिवेशनबाट सभापति हत्याउने दाउ शेखरको हुनु स्वभाविक हो ।

– तर, शेखरलाई सभापतिमा सहयोग गरेर आफु पछाडी बस्ने मुडा छैनन् गगन

– कांग्रेस संसदीय दलको नेताका लागि गगनले गरेको प्रतिस्पर्धा र केही दिन अघि मात्रै झापाबाट उनले थालेको संवाद यात्राले उनी अब पछि नहट्ने प्रष्ट सन्देश दिएको छ ।

– यसरी हेर्दा गगनको आक्रामक सक्रियताले अब शेखरसँग गगनको टकराव निश्चित देखिन्छ ।

वर्तमान परिदृश्य हेर्दा शेखरले गुटगत विकल्प परिवर्तन नगरे उनी गगनसामु कमजोर बन्ने आँकलन गरिएको छ ।

शेखरसामु गगनसँग भिड्ने अस्त्र के ?

– गगनले आगामी सभापतिको दौडबाट पछि नहट्ने सन्देश प्रष्ट पारिरहेका समय शेखर अबको सभापति बन्नका लागि देउवाको शरणमा जानु उपयुक्त विकल्प देखिन्छ ।

– गगनसँगको कडा टकराव र जोखिमकै कारण शेखर पछिल्ला दिनहरुमा देउवाप्रति नरम बन्दै सभापतिका लागि बाटो तयार गरिरहेका छन् ।
सभापतिमा प्रकाशमान र विमलेन्द्रको सम्भावना कति ?

– १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका प्रकाशमान सिंह अर्का सम्भावित पात्र हुन् कांग्रेसको सभापतिका लागि

– विमलेन्द्र निधि, सभापतिमा उम्मेदवारी नदिएर देउवालाई समर्थन गरेका शशांक कोइराला र देउवा समूहकै उपसभापति र हाल सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्कालाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

देउवा–शेखर–शशांकबीच पनि हुनसक्छ तालमेल

– वर्तमान सभापति शेरबहादुर देउवा कांग्रेस संस्थापक वीपी कोइरालाका विश्वास पात्र थिए ।
– कांग्रेस इतिहासका खम्बा मध्येका एक कृष्णप्रसाद भट्टराईका उत्तराधिकारीका रुपमा पनि देखिन्थे शेरबहादुर देउवा

तर, तत्कालिन समयमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग प्रतिस्पर्धामा पराजित भए । देउवा पार्टीमा सुशीलको निधनपछि समूहको नेता बनेका रामचन्द्र पौडेल र शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दै दुई पटक पार्टी सभापति समेत बनिसके । तर, देउवाको उत्तराधिकारी को ? यो अहिलेसम्म एकिन भइसकेको छैन ।

– विगत हेर्दा वीपीले नै देउवालाई राजनीतिमा ल्याएकोले उनले शशांकलाई अघि सार्छन् कि भन्ने सामान्य विश्लेषण हुने गरेको छ ।

– १३ औं महाधिवेशनमा शशांकले देउवाकै साथ पाएर महामन्त्री जितेका थिए ।
– शशांक कोइरालाले १४ औं महाविधेशनमा देउवालाई समर्थन गरेका थिए ।

– १४ औं महाधिवेशनमा पारिवारिक बेमेलले शेखर, शशांक र सुजाता एक ठाउँमा उभिन सकेनन् जसको लाभ देउवाले उठाए ।

अहिले पनि शशांक देउवा निकट रहेका देखिन्छन् भने शेखरले सम्बन्ध सुधार गरिरहेका छन् । यसले पनि देउवा–शेखर–शशांकबीच तालमेल हुने सम्भावनालाई नकार्न सकिदैन । त्यसैले आगामी महाधिवेशनमा कांग्रेसको नेतृत्वका लागि गगन कुमार थापाको कित्ता एका तिर र अन्यको कित्ता अर्का तिर हुने सम्भावना छ । यद्दपी, राजनीतिमा न स्थायी मित्र हुन्छ न शत्रु न त असम्भव भन्ने पनि केही हुन्छ । त्यसैले यहि नै हुन्छ भन्न सकिने अवस्था छैन ।