नेकपा एमाले अध्यक्ष ओलीद्वारा शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार पर्वका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुबाआमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले आज जारी गरेको सन्देशमा उनले ‘सबै निरोगी होऊन्, सबैको कल्याण होस्, सबैको भलो होस्’ भनेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ ।