काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि दिए ।
सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई समेत निर्देशन दिइएको छ ।
उनले युनिस्कोको मापदण्ड कानूनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्ड विपरित भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न सरकारलाई आग्रह समेत गरे ।
रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नको लागि बजेट व्यवस्थापन गर्ने समेत नेपाल सरकारलाई निर्देशन दिइएको छ ।