कैलालीमा रिक्साले फेरिदिएको महिलाको दैनिकी

  • सुशील ढुङ्गाना

कैलाली । घरायसी धन्दामै सामय व्यतित गर्ने महिलाहरु विद्युतीय रिक्सा (अटो) चलाएरै स्वरोजगार बन्दै गएका छन् । अटोले महिलालाई भान्छाबाट आम्दानी र आत्मनिर्भरताको बाटोमा लगेको छ । कैलालीमा झण्डै हजार बढी महिलाहरु आटो रिक्सा चलाएर स्वरोजगर बनेका छन् । विद्युतीय रिक्सा चलाएर दैनिक राम्रो आम्दानी गर्न थालेपछि परनिर्भता त हटेको छ नै समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश क्षेत्रमा अटोरिक्सा चालक प्रायः महिलाहरु छन् । मानिसहरुको बढी चाप हुने सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा स्वरोजगारको लागि डेरा लिएर बस्ने महिलाहरु मध्ये अधिकांशले अटोरिक्सा चलाएरै जिविकोपार्जन गर्दै आएका छन् ।

घरमै खेती किसानी गर्दै आएकी धनगढीकी सरिता चौधरी ४ वर्षयता विद्युतिय रिक्सा चलाउदै आएकी छन् । उनका श्रीमान दैनिक ज्यालादारीमा काम गर्छन् । श्रीमान एक्लैको कमाईले उनको परिवारलाई घर धान्न मुस्कील पर्ने र त्यसमा पनि ज्याला समयमा नपाउने भएकोले झनै घर खर्च चलाउन समस्या थियो । तर, सरिताले ४ वर्षदेखि अटो रिक्सा चलाएर मासिक ३० देखि ३५ हजारसम्म कमाउन थालेपछी उनको परिवारलाई निक्कै सहज भएको छ ।

सरिता जस्तै राधाको जीवनी पनि फेरिएको छ । रिक्साले हिलालाई आत्मनिर्भर त बनाएको छ नै परिवारको आम्दानीमा समेत सकारात्मक प्रभाव पारेको छ ।

घरधन्दामा सिमित महिलाले आत्मनिर्भरताको बाटो मात्रै खोजेका छैनन्, परिवारमा आम्दानिको स्रोतलाई समेत बलियो बनाउन योगदान पु¥याइरहेका छन् । अटोरिक्साले महिलाको दैनिकी फेरिएको छ । महिलाको दैनिकीसँगै परिवारको आर्थिक संकट समेत टरेको छ । धनगढीमा अहिले पुरुष भन्दा बढी महिला रिक्सा चालक देखिन्छन् । जिल्ला ट्रफिक प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीका ८ हजार १२२ अटो रिक्साहरु सञ्चालनमा रहेका छन् ।