फुट्यो नेसपा : माओवादीसँगको एकतामा कसरी छुटे बाबुराम ?

काठमाडौँ । नेपाल समाजवादी पार्टी औपचारिक रुपमै फुटेको छ । बाबुराम भट्टराईले माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अड्को थाप्न थालेपछि अर्का अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा पार्टी फुटेको हो । बाबुरामले पार्टी बैठक आह्वान गरेपछि यादव पक्षधर नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकताको सहमति नै गरेका छन् ।

माओवादी विचारधाराबाट मुलुकलाई समृद्धि यात्रातर्फ लैजान नसकिने भन्दै बाबुरामले तत्कालीन समयमा माओवादी परित्याग गरे । समाजवादी विचार निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी निर्माण गरेका बाबुरामले केहि समय राजनीतिक बृत्तमा तरङ्ग पैदा गरिदिए । तर, उनको प्रभाव जनतामा भने पर्नै सकेन् । नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीसँग पार्टी एकतामा पुगेका उनले उपेन्द्र यादवलाई पार्टी अध्यक्ष स्वीकार समेत गरे । तर, त्यहाँ पनि पार लाग्ने नदेखिएपछि नेपाल सजामवादी पार्टी गठन गरे ।

नेसपा गएको चुनावमा माओवादी केन्द्रसँग पार्टी एकता नै गर्ने गरि चुनावमा होमियो । तर, समाजवादी मोर्चा निर्माणसम्म आइपुग्दा बाबुरामले प्रचण्डसँगको एकतालाई केन्द्रमा राख्नै छाडिदिए । प्रचण्डमा शक्तिको आशक्ति बढेको दाबी गर्दै आएका बाबुरामले एमालेसहितको गठबन्धन बनेपछि थप क्रोधित हुँदै आक्रोश पोखिरहेका छन् । त्यसपछि उनले कमाओवादी केन्द्रसँग एकता हुन नसक्ने दाबी समेत गर्न थाले । पछिल्लो समय बाबुराम प्रचण्डप्रति कडा ढंगले पेश भइरहेका देखिन्छन् ।

बाबुरामले पार्टी एकता गर्दैनन भन्ने ठानेका नेताहरुले महिन्द्र राय यादवको नेतृत्वमा पार्टी एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रसँग पार्टी एकताको सहमति गरेपछि नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा९माओवादी केन्द्र०सँग एकता गर्न लागेको बताएका छन् । नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए ।
बाइटः गंगानारायण श्रेष्ठ, सहअध्यक्ष, नेपाल समाजवादी पार्टी

एकतामा कसरी छुटे ?

प्रचण्डसँग शक्ति संघर्ष गर्ने तत्कालीन माओवादी नेता बाबुराम राजनीतिक रुपमा किनाराकृत बन्दै गएका छन् । बाबुरामको प्रभाव खास देखिन्न । तर, बाबुराम समाजवादी विचारधारा निर्माण गरेरै छाड्ने दाबी गर्न छाडेका छैनन् । उनी एकपछि अर्को गर्दै घट्दोक्रेज लिएर बसिरहेका छन् । बाबुरामले पार्टी एकता नगर्ने बुझेपछि अर्को पक्षले एकता गर्ने सहमति गरेपछि फेरि बाबुराम एकता प्रक्रियामा छुट्ने भएका छन् ।

प्रचण्डसँग लामो समय संगत गरेका बाबुरामले गोरखाबाट अब फेरि चुनाव लड्ने घोषणा पनि गरेका छन् । गोरखामा प्रचण्डलाई छाडेर पार्टी एकता गर्ने दाबी गरेका बाबुराम विरक्तिनुमा भने प्रचण्ड नै कारक रहेको कतिपयको विश्लेषण छ ।

प्रचण्डले बाबुराम भित्र्याउनु भन्दा दोश्रो तहका नेताहरुलाई ल्याउदा फाइदा हुने र उनी आए शक्ति संघर्ष चर्किने बुझाई राखेको पनि देखिन्छ । यस्तोमा प्रचण्डले महिन्द्र राय यादवलाई पार्टी एकताका लागि भन्दै पठाएको पत्रदेखि बाबुरामलाई समाजवादी मोर्चामा सहभागी नगराउनु पनि कारक रहेको बताइन्छ । यसरी दुरी बढाउदै लगेका बाबुराम राजनीतिको केन्द्रबाट पाखा लाग्दै गएपनि एक्लै उभिने कोसिस भने गरिरहेका छन् । के उनी सफल होलान रु वा अन्य कुनै पार्टीसँग एकता गरेर नयाँ यात्रा थालनी गर्लान रु त्यो भने भविष्यमा नै थाहा हुनेछ ।