मौसमी भाइरलले देखायो तमासा, कसैलाई कोरोना कसैलाई के ?

  • त्रिगुणा भट्टराई बस्नेत

काठमाडौं । पछिल्लो समय रुघाखोकी, घाँटी दुख्ने, ज्वरोको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढेको देखिन्छ ।

विशेष गरी रोग प्रतिरोधात्मक क्षमता काम भएका बालबालिका बृद्धबृद्धामा यस्तो सस्मस्याले बढि असर पारेको चिकित्सकको अनुभव छ ।

मौसम परिर्वनसंगै स्वास्थ्यमा देखिने यस्ता समस्या सामान्य मानिए पनि बालबालिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यतिmले सचेतता अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।

मौसम परिर्वनका कारण पनि हुन सक्छ, पछिल्लो समय रुघाखोकी ज्वरोका समस्या बढेको देखिन्छ ।

सामान्यतया रुघाखोकी लागेर अस्पताल गएर उपचार गराउने प्रवृत्ति नभएका कारण यस्ता बिरामीको यकिन संख्या अस्पतालमा पनि हुदैन । तरपनि पछिल्लो समय रुघाखोकी ज्वरो, घाँटी दुखेको जस्ता समस्या लिएर राजधानिका विभिन्न अस्पतालमा पुग्ने बिरामीको संख्या बढेको चिकित्सकको अनुभव छ ।

महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको ओपिडीमा यस्ता समस्या लिएर अस्पताल पुग्नेको विरामीको संंख्या दैनिक ३५ देखि ४० जनाको हाराहारीमा छ ।

अस्पताल पुग्नेमा खासै जटिलमा नदेखिए पनि केहि बिरामीमा निमोनियाको समस्या देखिने गरेकाले यस्ता बिरामीमा कोरोना परिक्षण गराउँदा कोराना संक्रमण समेत देखिएको पाइन्छ ।

पछिल्लो समय देखिएको रुघाखोकीको समस्या मौसमी फ्लु र कोरोना संक्रमण समेत हुन सक्ने चिकित्सक बताउँछन् । पछिल्लाो समय फैलिएको रुघाखोकी संक्रमण जुनसुकै कारण भएता पनि यसबाट सबै भन्दा बढि बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएका देखिन्छन् ।

फ्लुलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार भागमा विभाजित गरिएको छ । फ्लु ‘ए’ र ‘बी’ले विशेषगरी मानिसलाई बढी दुःख दिने गरेको चिकित्सक बताउँछन् । त्यस्तै फ्लु ‘ए’ अन्तर्गत ‘एच वान एन वान’ पीडीएम जसलाई स्वाइन फ्लुको भनेर चिनिने गरिन्छ ।

यस्ता फ्लु बढि देखिने तथा यो सजिनमा बढि सक्रिय समेत हुने गर्दछ । साथै अहिले कोभिड नाइनटिनको समेत जोखिम उस्तै छ । तर, प्रायजसो रुघाखोकी ज्वरोलाई सामान्य रूपमा लिने गरिन्छ ।

यस्ता समस्या धेरैजसो ८–१० दिनको आरामपछि स्वास्थ्यमा सुधार हुँदै जाने गर्छ । तर यी लक्षणहरू पछिल्लो समय कडा र लामो समयसम्म रहने र दुख दिने समेत गरेको देखिन्छ ।

यस्तोमा रुघाखोकी ज्वरो प्रकोपमा बालबालिका, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा यसले बढि असर पारेको र पार्ने भएकाले यस्ता व्यतिmाले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।