चौतर्फी घेराबन्दीमा रास्वपा (भिडियो)

  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । नयाँ समीकरण बनेसँगै सरकारमा सामेल दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चरम घेराबन्दीमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन फेरेपछि बनेको नयाँ सरकारमा रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।

सरकारमा सामेल भएदेखि नै रास्वपा र गृहमन्त्री रविमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित अन्य दलका सांसदहरुले घेराबन्दी गरिरहेका हुन् ।

सरकार गठन लगत्तै बसेको पहिलो संसद बैठकमा काँग्रेसका सांसद रमेश लेखकले विवादित पात्रलाई नै गृहमन्त्रीको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीमाथि प्रश्न उठाए ।

त्यस्तै महामन्त्री महामन्त्री विश्वप्रकास शर्माले पनि प्रधानमन्त्री र गृहमन्त्री रविमाथि नै नैतिक प्रश्न गरेका थिए । गृहमन्त्री रविविरुद्ध सहकारी ठगी प्रकरणमा मुद्धा दायर भएको छ ।

देशभर सहकारी संस्था खडा गरेर संगठित रुपमा ठगी धन्दा चलाएका गितेन्द्रबाबु जीवी राईसँग व्यावसायीक साझेदारी गरेर शकारीको रकम अपचलन गरेको भन्दै पोखराका पीडितहरुले रविविरुद्ध गत मागमै निवेदन दिएका थिए ।

सोही प्रकरणमा मुख्य आरोपी जिवी भने फरार छन् । यही बिचमा गठबन्धन परिवर्तन हुँदा रास्वपा पनि सरकारमा सामेल भएको थियो । तर मुद्धा खेपिरहेकै बेला गृहमन्त्रालको जिम्मेवारीमा बसेपछि संसदमा प्रतिपक्षी दलहरु रविविरुद्ध चर्को विरोधमा उत्रदै आएका छन् ।

संसदमा प्रतिपक्षी दलहरुले संसदको प्रत्येक बैठकमा सशकारी प्रकरणलाई लिँदै प्रधानमन्त्रीको प्रष्टिकरणमा मागिरहेका छन् ।

आँफै खेपिरहेकै मुद्धालाई प्रभाव पार्न सक्नेगरी रविले स्वार्थ बाझिने गृहमन्त्रालयको जिम्मेवारी लिएको भन्दै सांसदहरुबाट चर्को विरोध भइरहेको हो ।

संसदमै सरकार र गृहमन्त्रीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले आफू र रविको बचाउ गर्दै प्रतिजवाफसमेत फर्काउन परेको थियो ।

प्रचण्डको उक्त जवाफपछि नेपाली काँग्रेस अझ विच्किएको छ । प्रधानमन्त्रीले प्रतिपक्षीको अवमुल्यन गरेको भन्दै काँग्रेस अझ चिढिँदलै गएको हो ।

त्यसपछि काँग्रेस अझ सशक्त रुपमा गृहमन्त्रत्रीको नियुक्तिप्रति लगातार विरोध गरिरहेको छ ।

सुरुमा प्रधानमन्त्रीलाई मात्रै जवाफ मागिरहेको काँग्रेस अहिले अन्य प्रकरणमा गृहमन्त्रीको दुरुपयोग हुनसक्ने भन्दै आशंका गरिरहेको हो ।

त्यति मात्रै होइन, काँग्रेसले सरकारमा सहभागी रास्वपाका अन्य मन्त्रीहरुको प्रकरणलाई पनि कोट्याउन थालिसकेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको विदेशीसँग भएको विवाहको प्रशंगलाई जोड्दै काँग्रेसले उनको नागरिकतामाथि प्रश्न उठाएको छ ।

केही समय अघि सत्तामा रहेको नेपाली काँग्रेस अहिले समीकरण बदलिएसँगै प्रतिपक्षी कित्तामा पुगेको छ ।

त्यसयता काँग्रेसले सत्ता साझेदार दलहरु र प्रधानमन्त्रीमाथि कटाक्ष गरिरहेको हो । शुक्रबारको संसद बैठकमा पनि काँग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेका छ ।

तर यता रास्वपाले भने काँग्रेसको विरोध र टिप्पणीप्रति हल्का जवाफ दिदै आएको छ ।

काँग्रेसले प्रस्ताव गरेको नयाँ गठबन्धन अस्वीकार गर्दाको छटपटीको रुपमा व्याख्या रास्वपाले प्रतिक्रिया दिने गरेको छ ।

रास्वपाले काँग्रेसलाई संसदमा यही आवज उठाउनेले केही दिन अघि किस्तिमा राखेर प्रधानमन्त्रीको प्रस्ताव गर्दा यी प्रश्न कहाँ गएका थिए ? भन्दै प्रतिप्रश्न गरेको छ ।

नयाँ समीकरण बदलिएसँगै दलहरु एक अर्कामा आरोप र प्रत्यारोपमा उत्रदाँ दललहरु विरोधका लागि मात्रै विरोध गरेकोजस्तो देखिन्छ ।

हिजो गठबन्धनमा हुँदा उही सरकारका सहयात्री दलहरु विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न मस्त थिए । तर आजको गठबन्धन फरक हुँदा स्वार्थ बाझिएको छ ।

यसैका कारण तीनै दलहरु एकाएक विरोधी पात्रको अवतारमा भुल्किन थालेका छन् । नयाँ सत्ता समीकरणलाई साथ दिँदै गृहमन्त्रीको पद बहाली गरेका रविविरुद्ध प्रतिपक्षी दल नेपाली काँग्रेले आजसम्म आइपुग्दा राजीनामाको मागसमेत गरेको छ ।

यसविषयमा रविले संसदमा जवाफ भने दिइसकेका छैनन् । यद्यपि उनले आवश्यक परेका खण्डमा जवाफ दिने प्रतिक्रिया दिँदै आएका छन् ।

शहकारी ठगी प्रकरणमा मुद्धासमेत खेपिरहेको बेला गृहमन्त्री बनेका रविले यस प्रकरणमा प्रतिपक्षी दल र जनतालाई के जवाफ दिन्छन्, यो भने हेर्न बाँकी छ ।