सत्ताको चावी थुत्ने मुडमा रवि ! (भिडियो)

  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । स्थापना छोटो समयमै चाँैथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केही महिना सरकारमा समेत सहभागी भयो। गतवर्ष सम्पन्न आम निर्वाचन पछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाले ४२ दिन काम गरेको थियो ।

३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी रास्वपा सभापति रविको नागरिकता विवादपछि सिर्जित समस्याकै कारण सरकारबाट बाहिरियो ।

नागरिकता प्रकरणमै दोषी ठहरिएका रास्वपा सभापति लामिछानेले सत्तामात्रै छाड्नु परेन। अदालतको फैसलाले उनको सांसद पद पनि गुम्यो ।त्यसपछि उपनिर्वाचन लडेको रवि चिनवनबाट पुनःजित निकाल्दै संसद प्रवेश गरे ।
सरकारमै रहँदासमेत प्रतिपक्षी भूमिकामा खेल्ने बताउँदा चर्को आलोचना खेपेका रवि दोस्रो पटक पुनः सांसदमा निर्वाचित भएपछि रास्वपालाई सरकारमा सामेल नगराउने मुडमा पुगे ।

त्यसयता रवि तीव्र रुपमा पार्टीकै कार्यक्रम गरिरहेका छन् । उनी संसद र सडकबाटै सरकारलाई खबरदारी गर्दै आइरहेका पनि छन् ।
छोटो समयमै विस्फोटक मत प्राप्त गरेको रवि नेतृत्वको रास्वापले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ७ स्थानमा जित निकाल्यो ।

यस्तै ६ निर्वाचन क्षेत्रमा दास्रो हुँदा ५६ निर्वाचन क्षेत्रमा तेस्रो स्थान कायम गर्यो । यो परिणाम हेर्दा रवि र रास्वपा प्रति जनताको राम्रै आकर्षण देखिन्छ ।

साथै ०७९ को निर्वाचनमा राष्ट्रिय दलको हैसियत स्थापित गरेको रास्वपामा हाल प्रतिनिधिसभातर्फ २१ सांसद छन् । तर पनि रास्वपाले प्रतिपक्षी भूमिका नै रोजिरहेको हो । उसले सरकार छाडेको पनि एकवर्ष वितिसक्यो । हाललाई प्रतिपक्षी कित्तामा रहेको रास्वपाले मिसन ०८४ को नारा लगाइ रहेको छ ।

सोही लक्ष्य भेट्न रास्वपाले विविध गतिविधि गरिरहेको छ । यसबीचमा आफ्नो पक्षमा मतदाता तान्न सभापति रवि लामिछानेले सक्रियता समेत बढाइरहेका छन् ।

केही महिना अघि मात्रै रविले प्रवास दौडाहा गरे । महोत्तरीको जलेस्वरमा केन्द्रीय समिति बैठक सके लगत्तै रवि कतार तथा मलेशियाका नेपालीहरुलाई भेट्न प्रवास उडे ।
संगठन विस्तार र मिसन ८४ अन्तर्गत नै उनले ती भ्रमणहरु गरेका थिए । त्यस्तै सरकारलाई खबरदारी गर्न रास्वपाले राष्ट्रियस्तको योजनाहरुलाई समेत हतियार बनायो । गत पुसको दोस्रो साता नारायणघाट बुटवल पदयात्रा ग¥यो ।

सडक विस्तारमा विलम्ब हुँदा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रविले नारायणगढबाट पैदल यात्रा गरे । तर गतिविधि नियाली रहेको छिमेकी मुलुक चीनले रवीलाई चासोको घेरामा राख्यो ।

चिनियाँ ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिडेटले सडक स्तरोन्नतिको काम गरिरहेको योजनामा दबाव दिँदै रविले पैदलयात्रा गरेका थिए ।

पछि नेपालका लागि चिनियाँ राजदूत छन् सोङ रास्वपा, कार्यालय वनस्थली नै पुगेका थिए । राजदूत सोङसँग सभापति रविका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीले कुरा गरेकी थिइन् ।

त्यतिमात्रै होइन चीनबाट आएको चिनिया कम्युनिष्ट पार्टीका पदाधिकारीहरुले समेत रविलाई भेट । त्यस लगत्तै भारत हानिएका रविले भारतीय पक्षबाट निर्माण भइरहेका नेपालका आयोजनामा दवाव दिने निर्णय गराए । त्यसपछि रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’ नाम दिएर गत आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा पनि दवावस्वरुप पैदलयात्रा गर्यो । सो अभियानमा सभापति लामिछानेसहित पार्टी पदाधिकारी र सांससहरू पनि पुगे ।

रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गरेको थियो ।

त्यसयता रविले आफ्नो अभियानको प्रभावस्वरुप राजनीति र कूटनीतिक क्षेत्रलेसमेत चासो देखाएको जिकिर गर्न थालेका छन् ।

रविले तत्काल सरकारमा सामेल भएर जनतामा आफ्नो इमेज विगार्नु भन्दा सत्ता बाहिरै रहेर खबरदारी गर्ने र अगामी निर्वाचनमा बहुमतसहित सत्ताको नेतृत्व गर्ने उदेश्य लिएको देखिन्छ ।

मुलुकभर अनेक कार्यक्रम तथा अभियान गरेर जनताको मन पगाल्न खोजिरहेको रास्वपा छिमेकी मुलुक चीन र भारतसँग पनि शक्ति सन्तुलन गर्ने चाल रचिरहेको प्रष्ट छ ।

रविसँग केही दिनअघि चिनियाँ पार्टी पधाधिकारी र राजदूतले भेटेको लगत्तै भारत भ्रमणमा जानुलेपनि रविले भविष्यमा सरकारको नेतृत्व चाहेको बुझ्न सकिन्छ । रवि आगामी निर्वाचनमा बहुतका साथ सरकारको नेतृत्वमा आउनसक्ने राजनीतिक विश्लेशकहरुसमेत बताउने गरेका छन् ।

दल र सरकारको वर्तमान स्थिति नियाल्दा राजनीतिक विश्लेशकहरुको तर्कलाई नकार्न पनि सकिँदैन । खासमा रवि आँफै राजनीतिमा आउनुभन्दा पहिले आफ्नै पहलमा कुनै नयाँ नेतृत्व ल्याउन चाहन्थे । तर स्थानीय तहको निर्वाचनसँगै स्वतन्त्रहरुको दवदबा रहन पुग्योे । त्यसपछि आँफै राजजीतिमा होमिएका रवि छोटोसमयमै सफलता प्राप्त गर्ने राजनीतिक दललका नेता बनेका छन् ।

उनी राजनीतिमा अविछिन्न सफलता प्राप्त गर्ने नेतामा पनि पर्छन ।

छोटो समयमै दुई निर्वाचन फेस गरेका उनले दुवैमा सशक्त जित निकाले । गत बैशाखमा भएको उपनिर्वाचनमा उनले आफूलाई मात्रै निर्वाचित गराएनन् साथमा उनले तनहुँबाट स्वर्णिम वाग्लेलाईसमेत जिताए ।

पुरान दल तथा नेताहरुबाट देशको विकास असम्भवजस्तै बनिरहेका बेला रविले चालेका अहिलेका कदम आम नागरिकले मनसमेत पराइ रहेका छन् ।

०८४ को निर्वाचनपछि रवि बहुमतसहित सरकारको नेतृत्व गर्न चाहन्छन् । मुलुकलाई सही दिशा निर्देश गर्न आज युवा नेताहरुको नेतृत्व अपरिहार्य बनिरहेको छ ।

त्यसैले रवि र रविजस्ता युवा पात्रलाई जनताले पनि साथ दिन आवश्यक देखिन्छ ।

नत्र पुरानै राजनीतिक परम्राले निरन्तरता पाए मुलुकको हविगत उही रहने निश्चित छ । तर रवि वा अन्य उनीजस्तै नवआगन्तिुक दल तथा नेताले परिपक्व चरित्र र राजनीतिक संस्कार भने अंगाल्ने पर्नेछ ।

(भिडियो)