समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडाैँ । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई तोकेको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए । उनले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए । उनले मोर्चाले गरेको कमी–कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताए ।

उनले भने, ‘समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो । थुप्रै त्रुटीहरु छन्, ति त्रुटीहरुको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रुपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ । त्यसको लागि शिर्ष नेताको बीचमा घनीभुत रुपमँ छलफल हुनुपर्छ भन्ने छ । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो । अबको पालो नृकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ । कार्यक्रमका योजनाहरु बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको छ ।’

महासचिव गुरुङले यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका थिए । बैठकमा कार्यक्रमका योजनाहरु बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए ।