- सन्दीप शर्मा
काठमाडौँ । नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार आए पनि पूँजीगत खर्च कम हुँदा आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन । सरकारले विदेशी मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्र लयमा रहेको बताए पनि चालु आर्थिक वर्षको पुँजीगत बजेट २२.४० प्रतिशत मात्रै खर्च भएको तथ्यांकले आन्तरिक अर्थतन्त्रमा संकट देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा सरकारले एक वर्षको वस्तु तथा सेवाको आयात धान्न सकिने बिदेशी मुद्रा सञ्चिति रहेको बताउँदै नेपाली अर्थतन्त्र लयमै रहेको डंका पिट्यो । तर बिदेशी मुद्रा संन्चिती राम्रो हुदैमा आन्तरीक अर्थतन्त्र सुधार हुदैन भन्ने बुझ्न नसक्दा नेपालको आन्तरीक अर्थतन्त्र भित्र संकट कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । चालुआर्थिक बर्षमा सरकारले पुँजीगततर्फ बिनियोजन गरेको बजेटमा हालसम्म जम्मा २२.४० प्रतिशत मात्रै रकम खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
पूँजीगत बजेटलाई बिकाशे बजेट भनिन्छ, बिकाशे बजेट कम हुनु नै बजार चलायमान् छैन भन्ने दरिलो प्रमाण हो । चालुतर्फ छुट्टिएको बजेटको ४७.३१ र वित्तिय तर्फ छुट्टिएको ३७.६६ प्रतिशत बजेट खर्च हुदाँ बिकासे बजेटको खर्च भने निकै कम छ । बिकसीत मुलुकहरुले आन्तरीक अर्थतन्त्र चलायमान् बनाउन पूँजीगत खर्च बढाउने गर्छन् तर नेपाल सरकारले भने आन्तरीक अर्थतन्त्र कसरी चलायमान् गराउने भन्ने बिषयमा सोच्नै सकेको छैन । यसले बिकाश निर्माणका कामहरुमा समेत अबरोध सिर्जना हुने अर्थतन्त्रका जानकारवालाहरुको दाबी छ ।
गत आर्थिक वर्ष ०७९/८० मा पूँजीगत खर्च ६३ दशमलव ३५ प्रतिशत रहेको थियो भने चालु खर्च ८४ दशमलव ४६ प्रतिशत रहेको थियो । यसवर्ष अहिलेसम्मको तथ्यांक हेर्दा गत आवको भन्दा पनि कम बजेट खर्च हुने देखिएको छ । सरकारले विकास निर्माणका कतिपय आयोजनाको भुक्तानी गर्न सकिरहेको छैन । जसबाट आन्तरिक अर्थतन्त्र चलायमान बन्न नसक्दा लक्ष्य अनुसार राजश्व संकलन गर्न कठिन भै रहेको छ ।