काठमाडाैँ । नेपालमा बहुचर्चित आयोजना मध्येको एक हो बुढीगण्डकी जलविद्युत आयोजना, एक हजार दुई सय मेगावाट क्षमताको यो आयोजनाका लागि वित्तीय स्रोत जुटाउने विकल्प के त ? प्रधानमन्त्री प्रचण्डको ध्यानमा रहेको यो आयोजनामाथि ऊर्जा मन्त्रालयले पनि चाँडो कार्यान्वयन गर्न सकिने आधार खोजी गरिरहेको छ । यस आयोजनामा विशेष गरि वित्तीय व्यवस्थापनका सन्दर्भमा तीनवटा विकल्प अगाडि बढाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष प्राथमिकता दिँदै आएको आयोजना मध्येको एक हो एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना । समय समयमा प्रचण्डले सम्बोधन गर्ने क्रममा अब छिट्टै यस आयोजनाको शिलान्यास गर्ने समेत भनिरहेको सुन्निन्छ । त्यसैले पनि उर्जा मन्त्रालयले पछिल्ला दिनहरुमा बुढीगण्डकीमाथि प्राथमिकताका साथ काम गर्ने संकेत गरेको छ । अहिलेसम्म लगानीको सम्पूर्ण ढाँचा तयार भएको छ ।
बुढीगण्डकीमा वित्तीय व्यवस्थापनको ढाँचा
– वित्तीय व्यवस्थापनका सन्दर्भमा विशेषगरी तीनवटा विकल्प
– कर्जा स्वपूँजी अनुपातका आधारमा ८० र २० प्रतिशत, ७५ र २५ प्रतिशत, ७० र ३० प्रतिशत बराबर रहने
– आयोजनाको कूल निर्माण लागत (निर्माण अवधिको ब्याजसमेत जोड्दा) पहिलो विकल्पमा रु. तीन खर्ब १७ अर्ब ६७ करोड बराबर रहने
– दोस्रो विकल्पमा रु. तीन खर्ब १३ अर्ब ९३ करोड बराबर रहने
– तेस्रो विकल्पमा रु. तीन खर्ब १० अर्ब ४७ करोड रहने
– त्यसमा कुल कर्जा रु. दुई खर्ब ५४ अर्ब २७ करोड बराबर रहने
– कर्जा स्वपूँजी अनुपात ७५ र २५ प्रतिशतका आधारमा हेर्दा कूल कर्जा रु. दुई खर्ब ३५ अर्ब ४३ करोड बराबर
– ७० र ३० को अनुपातमा रहँदा रु. दुई खर्ब १८ अर्ब २६ करोड
– त्यसमा सरकारको सहुलियत प्राप्त कर्जा (८०ः२०) का आधारमा रु. एक खर्ब ५४ अर्ब ८७ करोड बराबर हुनुपर्ने
– यसैगरी (७५ः२५) अनुपातमा रु. एक खर्ब ४६ अर्ब ९४ करोड र (७०ः३०) को अनुपातमा रु. एक खर्ब ३९ अर्ब ९१ करोड बराबर हुनुपर्ने
– व्यावसायिक कर्जाका हकमा तीनवटा फरक सुझाव
– पहिलो विकल्पमा रु. ९९ अर्ब ४० करोड बराबरको व्यावसायिक कर्जा लिनुपर्ने
– दोस्रो विकल्पमा रु. ८८ अर्ब ४८ करोड र तेस्रो विकल्पमा रु. ७८ अर्ब ३५ करोड कर्जा लिनुपर्ने
– कूल स्वपूँजी लगानीमा पनि तीन वटा विकल्पका आधारमा नै सुझाव
– पहिलोमा रु. ६३ अर्ब ४० करोड
– दोस्रोमा रु. ७८ अर्ब ५० करोड र तेस्रोमा ९२ अर्ब २१ करोड बराबर रहने
सरकारको स्वपूँजी लगानी लगाएत अनय विकल्पहरु सबै निर्धारण गरिएका छन् ।
बुढीगण्डकीमा कुन वर्ष कति रकम आवश्यक ?
– आयोजनाको निर्माण शुरु आर्थिक वर्ष २०८१–८२ लाई आधार मानेर हेर्दा शुरु हुने पहिलो वर्ष स्वपूँजीबाट नै रु. १७ अर्ब ३७ करोड आवश्यक
– आर्थिक वर्ष २०८२–८३ मा रु. १९ अर्ब एक करोड
– आर्थिक वर्ष २०८३–८४ मा रु. २३ अर्ब ८१ करोड
– आर्थिक वर्ष २०८४–८५ मा रु. ४१ अर्ब ६७ करोड
– आर्थिक वर्ष २०८५–८६ मा रु. ४४ अर्ब ९५ करोड
– आर्थिक वर्ष २०८६–८७ मा रु. ८२ अर्ब ४९ करोड
– आर्थिक वर्ष २०८७–८८ मा रु. ४२ अर्ब ४९ करोड
– आर्थिक वर्ष २०८८–८९ मा रु. ३८ अर्ब ७४ करोड
यसो गर्दा आयोजनालाई निर्माण अवधिमा ब्याजको भार कम हुन्छ भने व्यावसायिक कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋण लगानीमा कम जोखिम भएको महशुस गर्नेछन् । त्यसबाट लगानी जुटाउन सहज हुने ठहर छ ।
बुढीगण्डकी आयोजनाको महत्व
– विद्युत माग हुने प्रमुख क्षेत्र नजिक रहेकाले पनि बुढीगण्डकी आयोजनाको विशिष्ट प्रकारको महत्व
– काठमाडौं नजिकै रहेको, पोखरा, नारायणगढ, बुटवल, भैरहवा समीपवर्ती भएकाले आयोजनालाई ‘लोड सेन्टर’ मान्न सकिने
बुढीगण्डकीमा सरकारको बाध्यता र अवसर
– ऊर्जा सुरक्षाका दृष्टिले जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बाध्यतामा सरकार
– माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सफलताले पनि आन्तरिक लगानीमा नै सो आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास
– चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको अनुभवले पनि बुढीगण्डकी आयोजनालाई सहज रूपमा निर्माण गर्न सकिने ठहर
अर्थ मन्त्रालयले मिलाएको व्यवस्था
– बुढीगण्डकी आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिन सरकारले इन्धनमा लगाएको पूर्वाधार कर उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने
– गत कार्तिक २३ गतेको मन्त्रिपरिषद्ले आयोजनाको स्रोत सुनिश्चितताका लागि आवश्यक निर्णय गरिसकेको अवस्था ।