- प्रल्हाद तिमल्सिना
बारा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । त्यस्तै तीन जना घाईते भएका छन् ।
घाइतेमध्ये एकको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक राम कुमार महतोले जानकारी दिए ।
हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको महतोले जानकारी दिए ।
मृतक र घाइतेहरुको पहिचाल खुली नसकेको उनले बताए । घाइतेतेहरुलाई उपचारको लागि तत्काल न्युरो अस्पताल पुर्याएर उपचार भइरहेको छ ।