- कृष्ण कन्दङ्वा लिम्बू
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह स्वविवेक र स्वनिर्णयबाट अविचलित रुपमा अघि बढीरहने जनप्रतिनिधिका रुपमा स्थापित भइसके । स्वतन्त्रबाट निर्वाचित बालेनलाई न आफ्नो दलको दवाव आउँछ भन्ने चिन्ता न त आन्तरिक संगठनको ।
उनी आफ्नै स्वविवेक र स्वनिर्णयलाई परिपालना गर्छन् । बालेन जसरी पनि आफ्नो योजना र निर्णयमा अविचलित रहँदै कार्यान्वयन गर्छन । हेर्दा बेलगाम जस्तो देखिएपनि बालेनको निर्णयहरु महानगरको दीर्घकालीन विकार र जनताका अहितमा भने देखिँदैन ।
बरु बालेनलाई केन्द्र सरकार, राजनीतिक दल र तिनका संगठनहरुले भने दवाव दिइरहेका छन् । तर ती स्वार्थपूर्ण दवावहरुलाई बालेनले बाल दिँदैनन् ।
जसले सिंहदरबार र बागदरबारबीच भिषण बेला बेला भिषण संघर्षको दृष्य झल्काइदिने गर्छ । यद्यपि बालेनले संघर्षका ती दृष्यलाई उत्कृष्ट कार्यगत भूमिकाले नै परास्त पारिदिन्छन् । प्रत्येक क्षेत्रमा चालेका पहिलो कदमकाविरु बालेनको विरोध नै हुने गरेको छन् । तर उनी आफ्नो योजना डगमगाउँदैनन् ।
हिजोको दिनमा विद्यालयमा राजनीति बन्द गर्ने निर्णय गर्दा बालेनले चर्को विरोध खेपे ।
त्यतिमात्रै होइन यही विषयलाई लिएर अनेरास्ववियु क्रान्तिकारीले महानगरको शिक्षा विभागमा ताला नै लगाइदियो । तर मेयर बालेनले तत्काल एक्सन लिँदै ताला फोडिदिए ।
त्यस्तै बालेनले महानगरभित्रको सरकारी विद्यालयमा राजनीतिक दल र भातृ संगठनहरुले कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिए ।
अहिले महानगरको विद्यालयहरु भित्र राजनीतिक गतिविध छैन । महानगरको नेतृत्वमा आएलगत्तै उनले फुटपात व्यवस्थापनका लागि कदम चाले । सो को पनि सुरुमा विरोध भयो । तर, बालेन पछि हटेनन् ।
अव्यवस्थित सडक र मापदण्डलाई नै पार गरेर बनाइएका घरहरुमा डोजर लगाइदिए । यी कदमहरुमा पनि सुरुमा बालेनको विरोध भयो । तर अहिले यसैको कारण शहरी सुन्दरता र व्यवस्थापनमा सहज हुँदै गएको प्रमाणित भएको छ । साथै मेयर बालेनले काठमाडौं महानगरभित्रका स्वास्थ्य संस्थाहरुलाई विपन्न कोटा निर्धारण गरेर निशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउन निर्देशन दिए ।
नत्र अस्पतालहरु नै बन्द गरिदिने बालेनले चेतावनी थियो । त्यसपछि अस्पतालहरुले विपन्नका लागि निश्चित शैश्या कोटाको रुपमा छुट्याएर उपचारको व्ययवस्था लिाएका छन् । त्यतिमात्रै होइन बालेनले भर्खरै आफ्नै नेतृत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समितिसमेत गठबन गरेका छन् ।
जसले लक्षित वर्गलाई अस्पतालहरुबाट उपलब्ध गराइने उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशन दिनेछ । साथै आफ्नो अभियनकै क्रममा बालेन केही साता अघि मात्रै न्यूरोडको पार्किङलाई व्यवस्थित गर्नतर्फ केन्द्रीत भए ।
सो अभियानले न्यूरोडको सडकमा जथाभावी पार्किङ नगर्न निर्देश गरेको थियो । उनको यो कदमप्रति पनि सुरुमा विरोध भयो । स्थानीय व्यपारी राजनीतिक दलका भात्री संगठन लगायतको पक्षबार बालेनको विरोध भएको थियो।
चर्को विरोध भएपनि बालेन टसमस भएनन् । उनले व्यपारी तथा सेवाग्राहीहरुलाई विकल्पका रुपमा काठमाडौं भ्यू टावरको पार्किङलाई अघि सारेका थिए ।
त्यसको केही दिन लगत्तै बालेनले धरहराको निर्माणधीन अन्डरग्राउन्ड पार्किङलाई पनि विकल्पका रुपमा खुला गरिदिए । तर सो पार्किङ पनि शहरी विकासमन्त्रालयले तत्तकाल बन्द गर्न निर्देशन दियो ।
शहरी विकास मन्त्री सीता गुरुङले पटक पटक महानगरलाई धरहराको पार्किङ बन्द गर्न निर्देशन दिएपनि बालेनले टेरेनन् ।
केन्द्र सरकारले पार्किङस्थतको काम पूरा भइनसकेको, नियमनका लागि कार्यविधि बनिनसकेको र धरहरा संचालनका लागि कस्लाई दिने भन्ने आधिकारिक निर्णय नभएकाले महानगरले क्षेत्राधिकार नै नाघेर पार्किङ खुलाएकाले तत्काल बन्द गर्न निर्देशन दिएको थियो । तर बालेनले पार्किङको ठेक्का लिएर विभिन्न बहानामा सार्वजनिक सम्पतिमाथि रजाइँ गर्ने सरकारको मनशाय देखिएको जवाफ दिँदै हरहालत पार्किङ बन्द नहुने अडान लिए ।
निशुल्क पार्किङको विषयमा बालेनले चालेको कदमप्रति सर्वसाधारण भने खुसी छन् ।
त्यस्तै मेयर बालेनले केही हप्ताअघि मनोमानी निर्णय गर्ने कर्मचारीलाई कारवाही गरेका थिए । महानगरका प्रमुख प्रशासकीय अधिकृतले पनि अनियमितता गरेको पाइएपछि उनलाई विदा गरेर नयाँ अधिकृत भित्र्याएका छन् ।
त्यसपछि निर्णयकै विषयलाई लिएर केही दिन अघिमात्रै बसेको कार्यपालिका बैठकमा बैठकमा बालेनसँग कार्यपालिका सदस्य तथा कर्मचारीहरुबीच चर्काकर्की भयो ।
कार्यपालिकामा सदस्यहरु र कर्मचारीहरुको चर्कौ दवाव सामना गर्दै आएका बालेन न्यूरोडमा निषेध गरेर काठमाडौं भ्यू टावर र धरहराको अन्डरग्राउन्ड पार्किङलाई खुल्ला गर्न सफल भए ।
यो सँगै अब बालेनको नजार खुल्लामञ्चतिर पनि पुगेको छ ।
मेयर बालेनले बिहीबार साजिक संजालमा स्टाटस लेख्दै अब खुल्ला मञ्चलाई सँधै खुल्ला राख्ने बताएका छन् ।
खुल्लामञ्चबारे उनले आगामी योजनाहरुसमेत सविस्तार उल्लेख गरेका छन् । उनले विभिन्न समाचार माध्यमहरुमा महानगरले खुलामञ्चलाई खेल मैदान बनाउदै छ भन्दै आएको समाचारहरुलाई तथ्यहीन भन्दै खारेज गरेका छन् ।
बालेन यस्तो खुल्लामञ्च चाहन्छन्
– बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,
– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,
– बच्चाहरू खेल्न पाउन्,
– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,
– प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइयोस् ।
यहि योजनालाई सार्थक बनाउन महानगरले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउन सफल भएको उनले दावी गरेका छन् ।
मेयर बालेनले महानगर खुल्ला मन्चमात्र हैन काठमाडौं नै फराकिले बनाउने योजनामा रहेको उल्लेख गरेका छन् । आफू नेतृत्वमा रहुन्जेल खुलामञ्च सँधै सबैका लागि गर्ने उनको दावी छ ।
साथै बालेनले खुुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेको जानकारी दिएका छन् । मेयर बालेन शाहको यी दुरदर्शी र पारदर्शी योजनाहरुलाई अधिक जनताहरुले मनसमेत पराइरहेका छन् ।
उनलाई देश तथा विदशमा रहेका नेपाली नागरिकहरुलेसमेत उच्च प्रशंसाका शब्द खर्चिरहेका छन् । सुरुका दिनहरुमा बालेनको विविध पक्षबाट विरोध भए । उनीविरुद्ध विविध पक्षबाट संगठित रुपमा चर्को विरोध भए । तर अहिले नागरिकस्तरबाट समर्थनको आवाज गुन्जिन थालिसकेको छ । मेयर बालेनले गरेका धेरैजसो कार्यहरु प्रसंसनीय छन् । उनको शासन पद्धति र कार्यपद्धति पनि अनुकरणीय छ ।
उनले थालेका केही योजना र अभियानमा सामान्य आलोचना र अवरोध भएपनि कार्यान्वयनको विषयमा भने समस्या देखिँदैन । साथै उनी आफू र आफ्नो योजनामा अडिग र अविचलित पनि देखिन्दै आएका छन् । बालेनको यो कार्यप्रदर्शन व्यवहार अन्य जनप्रतिनिधिले पनि सिक्न जरुरी देखिन्छ ।