- तारा आचार्य
विराटनगर । सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र बलियो बनाउनको लागि राष्ट्रिय सहमति हुन जरुरी रहेको बताएका छन् ।
विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न ,राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरु बीच छलफल र सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि साझा सहमति साथ अघि बढ्न राजनैतिक दलहरुलाई आग्रह गरे ।
सभामुख घिमिरेले संसद र्भखर सुरु भएकाले एक बर्षको अनुभव सहित गतिसिल बनाएर लैजाने बताए । उनले विधेयकहरु बारे समितिहरुमा छलफल भईरहेकाले बिजनेश आउने क्रम अनुसार प्रतिनिधि सभाको बैठक जारी रहने बताए । उनले सरकारले चालू अधिवेशनमा करिब ६१ वटा विधेयकहरु ल्याउने भएकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने बताए ।