कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सो बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको रहेको बताइएको छ । हालसम्म मृतकहरुको सनाखत हुन सकिरहेको छैन ।
प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यलाई सञ्जीवनी र आधारभूत अस्पताल पठाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।