ज्ञानेन्द्रले टाउको हल्लाउँदा गणतन्त्र धरमर, हताशमा प्रचण्ड, ओली र देउवा ! (भिडियो)

  • कृष्ण कन्दङ्वा लिम्बू

काठमाडौं । पछिल्लो समय राजावादी गतिविधिहरु बढ्दै गएको छ । विगतमा औपचारिकताका लागि मात्रै सार्वजनिक कार्यक्रममा निश्कने पूर्वराजा ज्ञानेन्द्र शाह पनि अहिले राजनीतिक भाषण दिँदै हिँडिरहेका छन् । पछिल्लो समय ज्ञानेन्द्रको सक्रियता बढ्दो छ ।

उनी मुलुकको राजनीतिलाई नै प्रभाव पर्नेगरी कहिले झापा, वीरगञ्ज, चितवन, रुपन्देही जस्ता प्रमुख स्थानहरुमा धाइरहेका छन् । उनी प्राय कार्यक्रमहरुको सम्बोधन गर्ने क्रममा देशप्रतिको चिन्तन र जनताको निरासाप्रति गम्भीर भएर प्रस्तुत हने गरेका छन् ।

सबै कार्यक्रमहरुमा आफूप्रति नागरिक आकर्षण देखेर देखेर ज्ञानेन्द्र उत्साहित हुने गरेका छन् । समर्थकहरुको भिडले उत्साहित ज्ञानेन्द्र शाहमा राजतन्त्र पुनरस्थापनाको खोजी गर्न थालिसकेको छाँटकाट देखिन्छ ।

मुलुकको राजनीतिक अवस्थालाई नजिकैबाट नियालिरहेको बताउने ज्ञानेन्द्र तीव्र रुपमा आफ्नो सक्रियता बढाइरहेका हुन् । उनी सक्रिय राजनीतिमा आउने संकेतसमेत दिनेगरीका अभिव्यक्ति दिँदै आइरहेका छन् ।

उनले विगतका आरोपहरुमाथिसमेत राजनीतिक दलहरुलाई प्रष्टिकरणसमेत दिइरहेका छन् । गत माघ १३ गते वीरगञ्ज पुगेका पूर्वराजा ज्ञानेन्द्रले राजदरबार हत्याकाण्डको प्रसंग कोट्याउँदै दलहरुलाई जवाफ फर्काए । राजदरबार हत्या काण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको भन्दै उनी दलहरुप्रति रुष्टसमेत बने ।

पूर्वराजाको सक्रियता र प्रष्टिकरणले प्रमुख राजनीतिक दलका नेतृत्वहरुमा भने विचलन छाएको छ । पूर्वराजा ज्ञानेन्द्रले अभिव्यक्तिसँगै मूल नेतृत्वहरुसमेत प्रतिजवाफ दिन हतारिको देखिन्छ ।

ज्ञानेन्द्रको भ्रमण पछि दर्जनौ नेताहरुले वीरगञ्ज पुगेरै उनको अभिव्यक्तिलाई गलत सावित गर्ने प्रयास गरे । ज्ञानेन्द्रको प्रष्ट्रिकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आँफैले दरबार हत्याकाण्डबारे छानविन गर्ने सार्वजनिक अभिव्यक्ति दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि काउन्टर दिँदै ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरे ।

राजा वीरेन्द्रको बंश नास गरिएसँगै राजतन्त्रको अन्त्य भएकोले राजतन्त्रको उहीबेलै अन्त्य भएको ओलीको भनाइ छ । त्यसपछि ज्ञानेन्द्रलाई प्रतिकात्मक रुपमा मात्रै राजा भनेर सजाइएको ओलीको तर्क छ।

त्यतिमात्रै होइन कुनै बेला ज्ञानेन्द्रसँगै सत्ता सहकार्य गरेका काँग्रेस सभापति शेरबहादुर देउवासमेत राजतन्त्रका विरुद्धमा बोल्न बाध्य भए ।

राजावादी गतिविधि बढेसँगै देउवाले मुलुकमा राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताउँदै आएका छन् । राजतन्त्रविरुद्ध कमै बोल्दै देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु हुन नसक्ने बताउन बाध्य भए ।

दलहरुलाई चुनौति दिँदै राजतन्त्र पुनरस्थापनका लागि आधारहरु पहिल्याउन ज्ञानेन्द्र शाह तल्लीन भइरहेका छन् । यही गतिविधिलाई प्रधानमन्त्री सहित मुख्य दलका नेताहरु नै प्रतिकारमा उत्रिनुले गणतन्त्रमाथि नै संकट पैदा भएको बुझन कठिन छैन ।

हुनत राजतन्त्रलाई दलहरुले चिहानभित्रको शवको संज्ञा दिँदै ज्ञानेन्द्रको गतिविधिलाई भूतको रुपमा व्याख्या गर्दै आइरहेका छन् । तर गणतन्त्रमा दलहरुले देशलाई बर्वादीतर्फ धकेलेको भन्दै नागरिकस्तरबाट नेताहरुको व्यवहार प्रति आक्रोश बढ्दो छ । भ्रष्ट्राचार, अनियमितता र कुशासनले मुलुक चुर्लुम्म ढुवेको भन्दै नागरिकस्तरबाट राजसंस्थाको पक्षमा चर्को आवाजसमेत उठिरहेको छ ।

साथै राजसंस्था पुनरस्थापनका लागि संगठित कदम चलाउने प्रयासमासमेत पूर्वराजा ज्ञानेन्द्र छन् । तर उनले राजावादी दलहरुभित्र पनि भरपर्दा पात्र भेटिरहेका छैनन् । ज्ञानेन्द्रको भरपर्दौ पात्र बन्न राप्रपा भित्रकै नेताहरुदेखि अन्य राजावादी दलहरुका नेताहरु पनि लागि परिरहेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा अभियान्ता दुर्गा प्रसाईँसमेत बेजोडकासाथ ज्ञानेन्द्रको दायाँ बन्ने दौडमा छन् । तर ज्ञानेन्द्रले तत्काल उनीहरलाई विश्वास गरिहाल्ने अवस्था देखिँदैन । यद्यपि तुलनात्मक रुप्मा राप्रपालाई भने ज्ञानेन्द्रले केही हदसम्म विश्वास गर्दै आएका छन् । ज्ञानेन्द्रले दुर्गा प्रसाईँलाई भने महत्व दिइरहेका छैनन् ।

दुर्गा प्रसाईँले थालेको राष्ट्रव्यापी अभियानलाई सुरुमा केही साथ दिएजस्तो गरे । तर अहिले आएर भने प्रसाईलाई ज्ञानेन्द्रले बाल दिएका छैनन् । यद्यपि उता राप्रपाले भने प्रसाईँलाई पनि पार्टीमा सामेल गराएर संगठित हुने प्रयास गरिरहेको छ ।

प्रसाईँलाई राप्रपा भित्र्याउन भित्रि कसरतसमेत भइरहको छ । तर विवादित पृष्ठभूमीका प्रसाईलाई राप्रपाले भित्र्याउन सफल होला नहोला त्यो हेर्न बाँकी छ ।

यदी राप्रपामा प्रसाई प्रवेश गरे ज्ञानेन्द्रले कस्तो ‘रियाक्सन’ गर्लान । र, त्यसपछि राजावादीहरुको राणतिक चाल कस्तो रहला त्यो भविष्यले नै देखाउनेछ ।

भिडियो