साइज घट्ला त माओवादीको ? (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई १५१ सदस्यीय बनाउने घोषणा गरेको छ । विधान सम्मेलनको पुर्वसन्ध्यामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यस्तो बनाउने सहमति जुटाएको दाबी गरिएको छ । के माओवादीले कम्बो कमिटीलाई सानो बनाउन सक्षम होला ?

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति अहिले ४०९ सदस्यीय रहेको छ ।

केन्द्रमा भूमिका नपाएको भन्दै असन्तुष्टी पनि उत्तिकै दैखिन्छ । तर, माओवादी केन्द्रले आयोजना गर्न लागेको विधान सम्मेलनमा पेश हुने प्रस्तावमा १५१ सदस्यीय केन्द्रिय समिति बनाउने सहमति जुटेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले यस्तो निर्णय गर्ने प्रस्ताव पारित गरेपनि के यो सम्भव होला ? आशंका भने कायमै छ ।

चार महिना लामो विशेष रुपान्तरण अभियाननै थालेको माओवादी केन्द्रभित्र खासै उत्सास देखिने गरि संगठन विस्तार हुन नसकेकोदेखि ठूलो र भद्दा केन्द्रिय समिति अहिले बोझको रुपमा रहेको देखिन्छ ।

यस्तोमा अहिले माओवादी केन्द्रभित्र २२ पदाधिकारीसहित ४४ स्थायी सदस्य रहेको कमिटी बनाएको छ भने केन्द्रिय सदस्यमा सबै गरि ४०९ जना रहेका छन् ।

यति धेरै ठूलो र उम्बो केन्द्रिय समितिमा अझैं माओवादीभित्र असन्तुष्टी समेत देखिन्छ ।

पद लिने तर, जनतासँग प्रत्यक्ष जोडिने गरि कोहि पनि नजाने गर्नाले माओवादीको जनसम्बन्ध विस्तार हुन नसकेको आरोप समेत पार्टीभित्रै लाग्दै आएको छ । तर, विधान सम्मेलनमा लैजाने प्रस्तावको रुपमा मात्रै १५१ को सीमा बनाइएकोमा अझैं पनि यहि विषय पारित हुन्छ भन्नेमा आशंका भने कायमै छ । तर, जम्बो कमिटीले गर्ने कार्यसम्पादनलाई माओवादी केन्द्रले निर्मम समिक्षा गर्ला ? यो प्रश्न भने अब परीक्षाको रुपमा रहने देखिन्छ ।