काठमाडौं । पछिल्ला केही महिना अफ्रिकन स्वाइन फिभरको संक्रमण बढ्दै गएको छ ।
पशु सेवा विभागका अनुसार हालसम्म यो संक्रमण पाँच जिल्लामा फैलिएको छ ।
सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ को गति कसरी बढिरहेको छ ? अनि के छन् त यसको समाधानका पाटोहरु ?
सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा देखिने ‘अफ्रिकन स्वाइन फिभर’ नेपालका यस वर्ष हालसम्म पाँच जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म काठमाडौंसहित ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा यो संक्रमण पुष्टि भएको छ ।
पछिल्लोपटक कीर्तिपुर नगरपालिका–६ र ललितपुरको गोदावरी नगरपालिका–७ मा अफ्रिकन स्वाइन फिभर देखिएको छ । गोदावरीका केही व्यावसायिक बंगुर फार्महरूमा स्वाइन फिभर पुष्टि भएको हो ।
उपत्यकामा समेत यो संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तो छ अफ्रिकन स्वाइन फिभरको विगत
– चीन र भारतमा सन् २०१८ देखि यो संक्रमण पुष्टि
– नेपालमा संक्रमण देखिएको मिति २०७८ चैत
– पहिलो पटक पुष्टि भएको मिति २०७९ जेठ २ गते
– पछिल्ला दुई वर्षको अवधिमा नेपालका २८ जिल्लामा संक्रमण पुष्टि
अफ्रिकन स्वाइन फिभर र मानिसमा जोखिम के ?
– अफ्रिकन स्वाइन फिभर सुँगुर÷बंगुर प्रजातिका लागि महामारीजन्य संक्रमण भएपनि मानिसमा भने सर्दैन
– तर, यी प्रजातिका जनावरमा स्वाइन फिभरजस्तै अन्य संक्रमण हुनसक्छ
– जोखिम न्यूनिकरणका लागि सुँगुर तथा बंगुरको मासु राम्रोसँग पकाएर मात्रै खाने तथा यिनीहरूसँग अनावश्यक सम्पर्कमा नजाने
अफ्रिकन स्वाइन फिभरको परिचय
– सुँगुर, बंगुर प्रजातिमा भाइरसका कारण हुने महामारीजन्य रोग
– हालसम्म यसको प्रभावकारी उपचार पद्धति छैन
– उपचार पद्धति नहुँदा संक्रमण भएका जनावरमा मृत्युदर १०० प्रतिशत नै
अफ्रिकन स्वाइन फिभर संक्रमितमा देखिने लक्षणहरु
– संक्रमित अधिकांश जनावरमा लक्षण कम देखिन्छ
– केहीमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने
– झोक्राउने, शरीरमा रगत जमेका राता धब्बाहरू देखिने
– छेर्ने, छट्पटाउने, गर्भ तुहिने, कानका टुप्पाहरूमा रगत जम्ने
– खाना नखाने बान्ता गर्ने र केही दिनपछि मृत्यु हुने
कसरी सर्छ अफ्रिकन स्वाइन फिभर ?
– संक्रमित जनावरबीचको प्रत्यक्ष सम्पर्कबाट
– संक्रमित पशुको ¥याल, रगत, मलमूत्र, दानापानीबाट
– संक्रमित खोरमा गएको मानिसले प्रयोग गरेका सामाग्रीहरूमार्फत
– संक्रमित जनावरको ओसारपसार तथा किनबेचबाट
संक्रमणबाट पशुलाई कसरी जोगाउने ?
– घरपालुवा सुँगुर\बंगुरलाई जंगली बँदेलसँग सम्पर्क हुन नदिने
– संक्रमण देखिएका क्षेत्रबाट दाना तथा पाठापाठी ओसारपसार नगर्ने
– फार्मको सरसफाइमा ध्यान दिने
– संक्रमित बंगुर, सुँगुरलाई जंगली बँदेलको मासु, सुकुटीको माध्यमबाट पनि सर्नसक्ने भएकाले संक्रमणबाट मरेका जनावरहरूलाई गहिरो खाडल खनेर पुर्ने
– अन्य बथानबाट ल्याइएका जनावरलाई २१ दिन क्वारेन्टाइनमा राख्ने