राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

/fli6«o;efsf] cWoIf kbsf] pDd]bjf/L btf{ ub}{ bfxfn sf7df8f}F, @* kmfu'gM /fli6«o;efsf] cWoIf kbsf nflu ;‹Lo ;+;b ejg gofFafg]Zj/sf] Nxf]T;] xndf cfh ;Qf u7aGwgsf tkm{af6 g]skf -dfcf]jfbL s]G›_ sf ;f+;b gf/fo0f bfxfn pDd]bjf/L btf{ u/fpFb} . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौँ : राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।

उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन् । यही फागुन २९ गते हुने सो निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको छ ।

तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।