राष्ट्रपति र प्रधानमन्त्री प्रजातन्त्र दिवस मूल समारोहमा

sf7df8f}F, & kmfu'gM k|hftGq lbj; /fi6«klt /fdrGb kf}8]n, pk/fi6«klt /fd;xfosk|;fb ofbj, k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú nufot k|hftGq lbj;sf cj;/df 6F'l8v]n ;}lgs d~rdf cfh cfof]lht ;df/f]xdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7 ÷/f;;

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो । साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो ।

sf7df8f}F, & kmfu’gM k|hftGq lbj; /fi6«klt /fdrGb kf}8]n, pk/fi6«klt /fd;xfosk|;fb ofbj, k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú nufot k|hftGq lbj;sf cj;/df 6F’l8v]n ;}lgs d~rdf cfh cfof]lht ;df/f]xdf ;xefuL x’Fb} . tl:a/ M /Tg >]i7 ÷/f;;

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । समारोहमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।